मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै « Khabarhub

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । शिक्षामन्त्रीसँग शिक्षकहरूको वार्ता सकिएपछि बैठक बस्ने तयारी गरिएको छ । साँझका लागि बैठक बस्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा नेपाल शिक्षक महासंघले अघि सारेका केही मागहरू सम्बोधन गर्ने तयारी गरिएको बताइएको छ । सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग अघि सारेर देशभरका शिक्षकहरू संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।  

विद्यालय, विद्यार्थी तथा शिक्षक-कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नका लागि सरकारमाथि दबाब सिर्जना गर्न छाता संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा उनीहरूले आन्दोलन गरेको २९ दिन पुगिसकेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : ०७ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ