अमित प्रधानको ‘मायाको आभाष’ सार्वजनिक « Khabarhub

अमित प्रधानको ‘मायाको आभाष’ सार्वजनिक


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक अमित प्रधानको एकल स्वर रहेको गीत ‘मायाको आभाष’ सार्वजनिक भएको छ । यस गीतको म्युजिक भिडियो ‘म्युजिक नेपाल’ युट्युब च्यानलबाट सार्वजनिक भएको थियो ।

यस गीत शब्द लेखन र संगीत गायक प्रधान आफैँले भरेका हुन् । हिमाल थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा व्हेरी केसी र अमित प्रधानको अभिनय रहेको छ ।

सार्वजनिक गीत ‘मायाको आभाष’लाई म्युजिक नेपालले निर्माण र बजार व्यवस्थापन गरेको छ । डायस्पोरामा रहेका नेपाली गीत सङ्गीतमा रुचि राख्ने र राम्रो प्रतिभालाई उजागर गर्ने उद्देश्यले म्युजिक नेपालले म्युजिक भिडियो निर्माण गरेको हो ।

यस गीतको भोकल रेकर्डिङ अस्ट्रेलियाको मेलबर्नमा सन्देश श्रेष्ठले गरेका हुन् र यो गीतमा किरण बरालले बाँसुरी बजाएका छन्।

भिडियोको सहायक निर्देशक सञ्जय सुवेदी हुन् । भिडियोको सम्पादन र रङ्ग संयोजन निर्देशक थापाले नै गरेका छन् ।

गीतको भिडियो :

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : ५५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर