प्रधानमन्त्रीसमक्ष एकीकृत समाजवादीको संविधान संशोधन प्रस्ताव | Khabarhub Khabarhub

प्रधानमन्त्रीसमक्ष एकीकृत समाजवादीको संविधान संशोधन प्रस्ताव


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले संविधान कार्यान्वयनका १० वर्षको पुनरावलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गरिनुपर्ने प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै प्रतिपक्षी एकीकृत समाजवादीले संविधान कार्यान्वयनको पुनरावलोकन गरेर संशोधनको प्रस्ताव गरेको हो । 

‘शासकीय स्वरूप, संघीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका १० वर्षको पुनरावलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गरौँ,’ ज्ञापन पत्रमा भनिएको छ ।   

अहिले संविधान संशोधनको विषय विभिन्न रूपमा उठे पनि विरोधाभाष रहेको एकीकृत समाजवादीले ज्ञापन पत्रमा उल्लेख छ । विरोधाभाषको अवस्थामा संविधान संशोधनको मुद्दा उठाएर जानीजानी मुलुकलाई झन् डर लाग्दो अन्योलतर्फ धकेल्ने प्रयास भइरहेको एकीकृत समाजवादीको ठहर छ । 

‘अहिले संविधान संशोधनको विषय विभिन्न रूपमा उठेको छ । तर, कस्तो विरोधाभाष छ भने हामीले संविधान कार्यान्वयनको पुनरावलोकनसमेत गरेका छैनौँ,’  ज्ञापन पत्रमा लेखिएको छ, ‘यस अवस्थामा संविधान संशोधनको मुद्दा उठाएर या त जानीजानी मुलुकलाई झन् डर लाग्दो अन्योलतर्फ धकेलिँदै छ वा राजनीतिक नेतृत्वका नालायकी लुकाउन खोजिँदै छ ।’

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : १० बजे

पृथ्वी राजमार्ग साँझसम्म खुल्ने

काठमाडौं– पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आज साँझसम्म खुलाउने

प्रधानमन्त्रीले भनिन्- जेन-जी आन्दोलनमा क्षति बेहोरेको निजी क्षेत्रलाई सहयोग गर्छु

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको

दशैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै

बैतडी– हिन्दु नेपालीहरूको मुख्य चाड बडादशैँ नजिकएसँगै रोजगारीका लागि छिमेकी मुलुक

जनकपुरधाम भन्सारमा १३ करोडको क्षति

जनकपुरधाम– जेन-जी प्रदर्शनका क्रममा जनकपुरधाम भन्सार कार्यालयमा १३ करोड ८७ लाख

थानकोट प्रहरीको क्षतिग्रस्त भवन बनाउन पाँच लाख दिने दीपकको वचन

काठमाडौं – कलाकार तथा निर्माता दीपकराज गिरीले प्रहरी वृत थानकोटको