प्रधानमन्त्रीसमक्ष एकीकृत समाजवादीको संविधान संशोधन प्रस्ताव « Khabarhub

प्रधानमन्त्रीसमक्ष एकीकृत समाजवादीको संविधान संशोधन प्रस्ताव


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले संविधान कार्यान्वयनका १० वर्षको पुनरावलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गरिनुपर्ने प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै प्रतिपक्षी एकीकृत समाजवादीले संविधान कार्यान्वयनको पुनरावलोकन गरेर संशोधनको प्रस्ताव गरेको हो । 

‘शासकीय स्वरूप, संघीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका १० वर्षको पुनरावलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गरौँ,’ ज्ञापन पत्रमा भनिएको छ ।   

अहिले संविधान संशोधनको विषय विभिन्न रूपमा उठे पनि विरोधाभाष रहेको एकीकृत समाजवादीले ज्ञापन पत्रमा उल्लेख छ । विरोधाभाषको अवस्थामा संविधान संशोधनको मुद्दा उठाएर जानीजानी मुलुकलाई झन् डर लाग्दो अन्योलतर्फ धकेल्ने प्रयास भइरहेको एकीकृत समाजवादीको ठहर छ । 

‘अहिले संविधान संशोधनको विषय विभिन्न रूपमा उठेको छ । तर, कस्तो विरोधाभाष छ भने हामीले संविधान कार्यान्वयनको पुनरावलोकनसमेत गरेका छैनौँ,’  ज्ञापन पत्रमा लेखिएको छ, ‘यस अवस्थामा संविधान संशोधनको मुद्दा उठाएर या त जानीजानी मुलुकलाई झन् डर लाग्दो अन्योलतर्फ धकेलिँदै छ वा राजनीतिक नेतृत्वका नालायकी लुकाउन खोजिँदै छ ।’

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : १० बजे

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज

एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने

काठमाडौँ– नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने पक्का

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई हराउँदै एस्टन भिल्लाले अर्को

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति

अनलाइनमार्फत घरमै नक्सा प्राप्त

भोजपुर– प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त