कांग्रेसका नौ भाइ भन्छन्- ‘कोर्स करेक्सन’ गर्ने बेला भयो  « Khabarhub

कांग्रेसका नौ भाइ भन्छन्- ‘कोर्स करेक्सन’ गर्ने बेला भयो 


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले राजनीतिक ‘कोर्स करेक्सन’ गर्ने बेला भएको बताएका छन् । विभिन्न समयमा मन्त्रीसमेत रहिसकेका नौ जना नेताहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै राजनीतिक ‘कोर्स करेक्सन’ गर्ने बेला भएको ठहर गरेका हुन् । 

‘१२ बुँदे समझदारी, शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा लिएको राजनीति अडान उपर गहिरो आत्मसमीक्षा गर्दै विगतमा भएका भुल र कमजोरीबाट सिकेर राजनीतिक ‘कोर्स करेक्सन’ गर्ने बेला भएको छ भन्ने हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले आफ्नो स्थापनाकालीन सिद्धान्त, बीपी कोइरालाको विचार, आदर्श र उनले राखेको राष्ट्रिय एकता र मेलमिलाप नीतिको अधीनमा रहेर सर्वोच्च नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, त्यागी नेता सुवर्णशमशेर, बौद्धिक नेता सूर्यप्रसाद उपाध्याय आदि आफ्ना महान संस्थापक नेताहरूलाई स्मरण गरेर राजनीतिक ‘कोर्स करेक्सन’मा जानु पर्ने ती नेताहरूको भनाइ छ । 

उनीहरूले निषेधको राजनीति परित्याग गरेर सबै प्रजातान्त्रिक र देशभक्त राष्ट्रवादी शक्तिलाई एक ठाउँमा ल्याएर राजनीतिक निकास दिनका लागि नेतृत्वदायी भूमिका खेल्न सभापति शेरबहादुर देउवासँग आग्रह पनि गरेका छन् । 

‘नेपाली कांग्रेसले समयको गति र देशको जटिल राजनीतिक अवस्थामाथि गम्भीरतापूर्वक ध्यान दिँदै निषेधको राजनीति परित्याग गर्दै सबै प्रजातान्त्रिक एवम् देशभक्त राष्ट्रवादी शक्तिलाई एक ठाउँमा ल्याएर राजनीतिक निकास दिन नेतृत्वदायी भूमिका खेल्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र यसको नेतृत्व समक्ष हामी विनम्र आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै आवश्यक परे पार्टीको महासमिति बैठक बोलाएर निर्णय लिन समेत माग गर्दछौँ ।’
देशको चिन्ताजनक राजनीतिक अवस्था र पार्टीको दूरावस्थाबाट चिन्तित मुलुकभरका कांग्रेसका इमान्दार कार्यकर्तापंक्तिसमक्ष बीपी विचार र सिद्धान्तबमोजिम पार्टीलाई सही बाटोमा ल्याउनका लागि बहश चलाउँदै पार्टीमा दबाब सिर्जना गर्न उनीहरूले आह्वान पनि गरेका छन् ।  

 यी हुन विज्ञप्ति जारी गर्ने नेताहरू

– कुलबहादुर गुरूङ्ग (पूर्व महामन्त्री, पूर्वमन्त्री, पूर्व सभापति, संसदीय सुनुवाइ समिति)
– ओमकारप्रसाद श्रेष्ठ (पूर्वमन्त्री)
– विपिन कोइराला (पूर्वमन्त्री)  
– लक्ष्मणप्रसाद घिमिरे, (पूर्व केन्द्रीय सदस्य, पूर्व प्रमुख सचेतक, पूर्व राज्यमन्त्री)
– विनयध्वज चन्द, (पूर्व केन्द्रीय सदस्य, पूर्व प्रमुख सचेतक) 
-दीपकुमार उपाध्याय (पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री)
– रामचन्द्र अधिकारी (पूर्व राज्यमन्त्री)
-सुरेन्द्र हमाल (पूर्व राज्यमन्त्री)
– लोकेश ढकाल (नेता)

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : २४ बजे

टी–२० विश्वकपबाट बाहिरियो अष्ट्रेलिया

काठमाडौं– अष्ट्रेलिया आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ। जिम्बाब्वे र आयरल्यान्ड

काठमाडौं-तराई द्रुतमार्ग : खोकनाको विकल्प खोज्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई-मधेस द्रुतमार्गको प्रस्थान विन्दु खोकनाको विवाद

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारमा आज दिउँसो

छिन्नभिन्न कोशीका पहिचानवादी : सडकको मोर्चामा एकजुट हुनेहरू जनमतमा सधैँ चुक्छन्

काठमाडौं- पूर्वी नेपालमा दुई दशकभन्दा अघिदेखि पहिचानको मुद्दा उठिरहेको छ