शिक्षकका माग बोकेर मन्त्रिपरिषद् बैठकमा निस्किए मन्त्रीहरु | Khabarhub Khabarhub

शिक्षकका माग बोकेर मन्त्रिपरिषद् बैठकमा निस्किए मन्त्रीहरु


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षामन्त्रीसँग शिक्षकहरूको वार्ता सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्दै छ। अहिले शिक्षकहरूका माग बोकेर शिक्षामन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषद् बैठकमा सहभागी हुन् निस्किएका छन् ।

शिक्षा मन्त्रालयमा शिक्षक महासंघ सँगको छलफल सकारात्मक भएको एमाले सचेतक महेश बर्तौलाले बताएका थिए।

उनले भनेका छन्, ‘शिक्षा मन्त्रालयमा जारी शिक्षक महासंघ सँगको छलफल असाध्यै सकारात्मक ढङले अगाडि बढिरहेको छ । आज नै सहमति गरि सार्वजनिक गर्ने तयारी गरिरहेका छौं’ ।

बैठकमा नेपाल शिक्षक महासंघले अघि सारेका केही मागहरू सम्बोधन गर्ने तयारी गरिएको बताइएको छ । सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग अघि सारेर देशभरका शिक्षकहरू संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।  

विद्यालय, विद्यार्थी तथा शिक्षक-कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नका लागि सरकारमाथि दबाब सिर्जना गर्न छाता संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा उनीहरूले आन्दोलन गरेको २९ दिन पुगिसकेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ७ : ४५ बजे

सशस्त्र प्रहरी बल गृहमन्त्रीले भने- कार्यक्षेत्रमा उच्च मनोबल र हौसलाका साथ परिचालित हुनुस्

काठमाडौं– गृहमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले

फूलपातीबाट सर्‍यो ‘अभिमन्यु’, अब दशैँमा तीन फिल्मको मात्रै प्रतिस्पर्धा

काठमाडौं – फिल्म ‘अभिमन्यु’ असोज १३ गते अर्थात् फूलपातीबाट प्रदर्शनमा

बक्यौता उठाउने कुलमानको निर्णयलाई बोर्ड बैठक बसेर कार्यान्वयन गर्छौँ : हितेन्द्रदेव

काठमाडौं– डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान

जलेश्वर कारागारबाट भागेका पाँच सय ७६ कैदीमध्ये २३३ फर्किए

जलेश्वर– गत भदौ २४ गते जेन-जीद्वारा गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिका

नख्खु कारागारबाट भागेका कैदीले घर पुगेर गरे श्रीमतीको हत्या

काभ्रेपलाञ्चोक– गत भदौ २४ गते ललितपुरको नख्खु कारागार तोडेर भागेका