ओलीसँग माधव नेपालका १३ माग, पूरा नभए आन्दोलन गर्ने « Khabarhub

ओलीसँग माधव नेपालका १३ माग, पूरा नभए आन्दोलन गर्ने


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा सिनियर नेता हुन् । दुबैले नेकपा एमालेमा लामो समय काम गरे । १५ वर्षसम्म माधव नेपाल एमालेको शीर्ष नेतृत्वमा रहे । तर, राजनीतिमा समय एकै प्रकारको हुँदैन भन्ने कुरा बुधबारको एउटा घटनाक्रमले देखायो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेता नेपाल आफ्ना सहकर्मीका साथ बालुवाटार पुगेका थिए । भेटमा नेता नेपालले प्रधानमन्त्री ओलीलाई आफ्ना मागहरुको सूची बुझाए ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीका नेताहरुसँग खुलेर कुराकानी गरेका थिए । भ्रष्टाचारीहरुले देश विकासमा बाधा पु¥याइरहेको र आफू भ्रष्टाचारविरुद्ध लडिरहेको प्रधानमन्त्री ओलीले बताएका थिए । एकीकृत समाजवादीका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा चिया–बिस्कुटले स्वागत गरिएको थियो ।

एकीकृत समाजवादीले बुझाएको ज्ञापनपत्रबारे कुरा गर्दै प्रधानमन्त्री ओलीले आगामी बजेटबाट सम्वोधन गर्न सकिने विषयलाई सम्वोधन गरिने आश्वासन दिएका थिए ।

माधव नेपालले ओलीलाई बुझाएको ज्ञापनपत्रमा कृषि, उद्योग, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन, सुशासन, पूर्वाधार विकास, सूचना प्रविधि, विदेश नीति लगायतका विषयहरु समेटिएका छन् ।

त्यसैगरी, संविधान संशोधनको माग गर्दै मागपत्रमा भनिएको छ, ‘शासकीय स्वरूप, संघीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका दश वर्षको पुनरावलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गरौँ ।’

ओली सरकारले आफ्ना मागहरु पूरा नगरे आगामी चैत १ गतेदेखि आन्दोलनमा उत्रने एकीकृत समाजवादीका नेताहरुले जनाएका छन् ।

हेर्नुहोस् माधव नेपालले ओलीलाई बुझाएको मागपत्र–

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ८ : ३१ बजे

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने