सरकारसँग सहमतिपछि शिक्षकहरुको आन्दोलन स्थगित « Khabarhub

सरकारसँग सहमतिपछि शिक्षकहरुको आन्दोलन स्थगित


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षकहरुको आन्दोलन स्थगित भएको छ । सरकारसँगको सहमतिसँगै शिक्षक महासंघले विगत २९ दिन देखि जारी आन्दोलन स्थगित भएको घोषणा गरेकाे हाे ।

महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरुले नयाँ विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आन्दोलन स्थगित गरिएको जनाएको हो ।

‘नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ बिच विगतमा भएका सहमतिरसम्झौतालाई ध्यानमा राखी नयाँ विद्यालय शिक्षा ऐन २०८२ आषाढ १५ गते भित्र प्रतिनिधि सभाबाट पारित गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका संसदीय दलका प्रमुख सचेतकहरुबाट मिति २०८२।०१।१७ गते लिखित प्रतिबद्धता व्यक्त भएकोले तोकिएको समयमा विद्यालय शिक्षा ऐन जारी हुने विश्वास लिएका छौं’ विज्ञप्तीमा उल्लेख छ ।

साथै भोलिदेखि नै विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउन पनि महासंघले आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : १५ बजे

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही