गृहमन्त्रीले शिक्षकलाई भने : तपाईंहरुले जित्नुभयो « Khabarhub

गृहमन्त्रीले शिक्षकलाई भने : तपाईंहरुले जित्नुभयो


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले शिक्षकले आफ्नो लडाइँमा जित हात पारेको प्रतिक्रिया दिएका छन् । मन्त्रिपरिषद बैठकपछि शिक्षकहरुसँगको सहमति सर्वाजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने ‘शिक्षकले कक्षा कोठामा मात्रै सिकाउँछन् भन्ने भाष्यलाई चिर्दै आन्दोलन शान्त र साम्य भएर पनि गर्न सकिन्छ भन्ने सिकाउनुभयो । तपाईँहरूले आफ्नो लडाइँ जित्नुभयो ।’

उनले वैशाख १४ गते आन्दोलनका क्रममा भएको झडप बारे दुःख व्यक्त गरे । त्यस्तै उनले आजको मन्त्रीपरिषद्ले गरेको निर्णय बमोजिम आगामी असार १५ गते विद्यालय शिक्षा ऐन प्रतिनिधि सभाबाट पारित हुने जानकारी दिए ।

उनले भने ‘हामीले तोकेको समय सीमा भित्र असार १५ गते भित्र नै ऐन पारित हुन्छ ।’ त्यस्तै उनले कक्षा १२ को परीक्षा गर्ने तयारी गर्न शिक्षकहरूलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : ५१ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल