पञ्जाबसँग पराजित भएसँगै चेन्नई आईपीएलबाट बाहिरियो « Khabarhub

पञ्जाबसँग पराजित भएसँगै चेन्नई आईपीएलबाट बाहिरियो

चावलको ह्याट्रिक र अय्यरको सानदार ब्याटिङमा पञ्जाब चार विकेटले विजयी


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्सले चेन्नई सुपरकिंग्सलाई चार विकेटले पराजित गरेको छ। युजभेन्द्र चावलका ह्याट्रिकका साथै कप्तान श्रेयस अय्यर र प्रभ्सीरमन सिंहको अर्धशतकको मद्दतमा पन्जाब किंग्सले बुधबार शानदार जित निकालेको हो।

चेन्नईले दिएको १९१ रनको लक्ष्य पछ्याएको पन्जाबले दुई बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १९४ रन जोडेको हो। पञ्जाबको यो जितसँगै चेन्नई आईपीएलको यो सिजनमा चार खेल खेल्न बाँकी हुँदै बाहिरिएको हो।

पन्जाबका लागि कप्तान श्रेयास अय्यरले ४१ बलमा ७२ रन जोडे। प्रम्भिरमन सिंहले ३६ बलमा ५४ रन जोडे। पन्जाबलाई जित दिलाउने क्रममा शशाङ्क सिंहले १२ बलमा २३ रन जोडे। चेन्नईका खालेल अहमदले ३.४ ओभरमा २८ रन खर्चेर दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई भने अन्तिम समयसम्म २०० रन सजिलै पार गर्ने अवस्थामा रहे पनि चावलको ह्याट्रिकले खेलको दिशा मोडिएको थियो। चावलले तीन ओभरमा ३२ रन खर्चेर चार विकेट लिए। चेन्नईले चार बल बाँकी रहँदा १९० रन जोड्दै सम्पूर्ण विकेट गुमाएको हो। चावलले चार विकेट नै १९ औँ ओभरमा लिएका थिए। जसमा ह्याट्रिक समेत समावेश थियो।

१४ बल बाँकी रहँदा साम कुरानको रूपमा पाँचौँ विकेट गुमाउँदा चेन्नईको खातामा १७२ रन थियो। चेन्नईले ११ बलमा १८ रन जोडेर ६ विकेट गुमाएको हो। कुरानले भने ४७ बलमा ८८ रन जोडे। उनको पारीमा ९ चौका र चार छक्का समावेश थियो। आर्शदीप सिंहले ३.२ ओभरमा २५ रन खर्चेर दुई विकेट लिए भने मार्को जेन्सनले चार ओभरमा ३० रन खर्चेर दुई विकेट लिए। कप्तान अय्यर प्लेयर अफ द म्याच घोषित भए।

जितपछि पन्जाब १० खेलमा १३ अङ्क सहित दोस्रो स्थानमा उक्लिएको छ भने चार अङ्क भएको चेन्नई प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ५ : ४८ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा