च्याम्पियन्स लिग : यमाल छाएको खेलमा बार्सिलोना र मिलान बराबरीमा रोकिए | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : यमाल छाएको खेलमा बार्सिलोना र मिलान बराबरीमा रोकिए


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई गोलले पछि परेको बार्सिलोना खेलमा फर्कँदै इन्टर मिलानसँगको च्याम्पियन्स लिग फुटबलको पहिलो लेग सेमिफाइनलमा ३-३ गोलको बराबरी गर्न सफल भएको छ।

बार्सिलोनाको मैदानमा भएको खेलको ३० औँ सेकेन्डमा मार्कोस थुरामले डानियल डुमफ्रेजको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

डच खेलाडी मुम्फ्रेजले २० औँ मिनेटमा एक्रोबायटिक भली मार्फत गोल गरेका थिए। खेलमा बार्सिलोनालाई फर्काउने क्रममा लामिन यमालले सानदार प्रदर्शन गरे। २४ औँ मिनेटमा उनले रक्षकलाई कटाउँदै सानदार गोल गरे। उनको दुई प्रहार गोल पोस्टमा लागेको थियो।
१७ वर्षकै उमेरमा उनले क्लबका लागि सय खेल खेलिसकेका छन् भने ३३ एसिस्ट गरेका छन्। साथमा २२ गोल गरे। ३८ औँ मिनेटमा राफिन्हाको सहयोगमा फेरान टोरेसले बार्सिलोनाका लागि बराबरी गोल गरे।

६३ औँ मिनेटमा डुम्फ्राइजले अर्को गोल गरे। त्यसको दुई मिनेटपछि याया सोमरले राफिन्हाको क्रस रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरे।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ७ : ०८ बजे

तेमाल गाउँका सहरमा बस्नेलाई शिविरमार्फत सेवा

काभ्रे– तेमाल गाउँपालिकाले गाउँ छाडेर काठमाडौं उपत्यकालगायत सहरमा बस्ने नागरिकलाई

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

झापा– झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति विद्युतीय मोटरबाट

सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या

भोजपुर- स्थानीय तहमा कामकाजका लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा

कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ

सुर्खेत– कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ ।