सिञ्जामा घरको बीमा गरिँदै | Khabarhub Khabarhub

सिञ्जामा घरको बीमा गरिँदै


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको सिञ्जा गाउँपालिकाले दुई हजार चार सय घरको बीमा गर्ने भएको छ । कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममा छनोट भएपछि घर बीमा गर्न लागिएको हो ।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सोही कार्यक्रमअनुसार दुई हजार चार सय घरको बीमा गर्न लागिएको जानकारी दिए ।

गत चैत २५ गते उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई १५ दिनको समय दिएर बीमा गर्ने विषयमा सहभागी हुन सूचना प्रकाशन गरेकामा सिञ्जा तोकिएको मापदण्डअनुसार छनोटमा परेको उनको भनाइ छ ।

अध्यक्ष धितालले भने, ‘कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २० लाखको बिमाङ्क बराबरको जोखिम मूल्याङ्कनबाट हुन आउने बीमा शुल्कबापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । बीमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरीलगायत विपदबाट क्षतिग्रस्त भएका घरको बीमामार्फत क्षतिपूर्ति पाउने छन् । एक परिवारका लागि एक घरको बीमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको छ ।’

कर्णालीका निजी तथा आवासीय घरमा विभिन्न विपदबाट हुने क्षतिबाट बचाउन प्रदेश सरकारले घर बीमा कार्यक्रम सुरु गरेको हो । जसका लागि घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ ।

चालु आवमा बीमाका लागि प्रदेश सरकारले चार करोड ७५ लाख बजेट छुट्याएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ७ : ३२ बजे

जसपा नेतृ सिंहले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद, हल्दी समारोहमा गरेकी थिइन् फायर

काठमाडौं- जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह

ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा 

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलशौतारास्थित

शिक्षक महासंघको कार्यक्रममा तनाव, माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आक्रोशित

काठमाडौं- सरकार र शिक्षक महासंघबीच बुधबार राति भएको सहमतिलाई लिएर

आन्दोलित शिक्षक फर्किएपछि यस्तो देखियो बिजुलीबजार (तस्बिरहरू)

काठमाडौं– करिब एक महिना लामो आन्दोलनपछि सरकारसँग सहमति भएसँगै शिक्षकहरू