राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै | Khabarhub Khabarhub

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेको मकवानपुरको राक्सिराङ गाउँपालिकामा त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले पूर्वसूचना दिने सेन्सरसहितको साइरन प्रणाली जडान गरिने भएको छ ।

साउथ एसियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा यस्तो यन्त्र राक्सिराङ गाउँपालिकालाई हस्तान्तरण भइसकेको र जडान कार्य अगाडि बढ्ने सो संस्थका अध्यक्ष श्रीराम शर्माले जानकारी दिए । उनका अनुसार यस प्रविधिले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियसभित्रका स्थानीय बासिन्दालाई १५ मिनेटअघि नै चट्याङको चेतावनी दिने साइरन बज्ने छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ चट्याङको उच्च जोखिमयुक्त क्षेत्र भएकाले यस्तो प्रविधि अत्यन्तै उपयोगी हुने बताए । उनले यसबाट पूर्वजानकारी मिल्ने भएकाले चट्याङबाट सचेत रहन र समयमै सुरक्षा सावधानी अपनाउन सहज हुने विश्वास व्यक्त गरे ।

राक्सिराङ–१ को राम्चे, वडा नम्बर २ र ३ को भाट्टी, वडा नम्बर ४ कार्यालय, वडा नम्बर ५ को चैनपुर, ६ को सिलिड्डे विद्यालय, ७ को गर्लिङ, ८ को पाङ्बुङ र वडा नम्बर ९ को प्रहरीचौकी कान्द्राङमा साइरन प्रणाली जडान गरिने छ ।

पिपुल इन निडको आर्थिक सहयोग र साउथ एसियन लाइट्निङ नेटवर्कको प्राविधिक सहकार्यमा एक मुख्य सेन्सर र आठवटा साइरन सिष्टम वितरण गरिएको हो ।

अब स्थानीयलाई यसबारे आवश्यक सचेतना र जानकारी दिएर जडानको काम अगाडि बढाइने अध्यक्ष मल्लले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ७ : ५६ बजे

राईजिङ स्टार क्रिकेट एकेडेमीले ‘यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट’ को आयोजना गर्ने 

काठमाडौं– राईजिङ स्टार क्रिकेट एकेडेमीले यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट

सुनील पौडेललाई एक लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ – विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी

विप्लवले भने- बाह्य शक्तिको दबाब झेल्न नसकेपछि सरकार एमसीसी स्वीकार्न बाध्य भयो

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम

नेपाल र भियतनामबीचको सम्बन्ध अझ प्रगाढ बनाउन छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी

प्रचण्डले भने- माओवादी र दलाल, नोकरशाही, बिचौलिया सँगसँगै रहन सक्दैनन्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई