काठमाडौं महानगरका प्रमुख र जापानी राजदूतबीच भेटवार्ता « Khabarhub

काठमाडौं महानगरका प्रमुख र जापानी राजदूतबीच भेटवार्ता


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन् । बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो । 

प्रमुख शाहको कार्यकक्षमा भएको भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो ।

कुराकानीका क्रममा प्रमुख शाहले, काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गर्दै सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराएका थिए ।

भेटका क्रममा राजदूत तोरुले, काठमाडौं र जापानका शहरहरुबीच शहरी आचरण सम्बन्धी आपसी ज्ञान र सीप आदानप्रदानको प्रशस्त सम्भावना रहेको बताए । 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ११ : ०६ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको