पाँच महिनादेखि तलब नपाएका इँटाभट्टाका मजदुरको गुनासो- कमाइले हातमुख जोर्न पुग्दैन (भिडियो) « Khabarhub

पाँच महिनादेखि तलब नपाएका इँटाभट्टाका मजदुरको गुनासो- कमाइले हातमुख जोर्न पुग्दैन (भिडियो)



श्रमिक दिवसका अवसरमा श्रमिकका हक, अधिकारका विषयमा नेताहरूले मुठ्ठी कसेर प्रतिवद्धता जनाइरहँदा इँटाभट्टामा काम गर्ने मजदुर भने बेखबर देखिए । हिलो माटोलाई चारकुने आकार दिएर रोजीरोटीको व्यवस्था गरिरहेका मजदुरहरूको दिनरात चर्खा घुमेसरह बित्छ ।  

खबरहब टोली भक्तपुरको इँट्टा भट्टा पुग्दा केही श्रमिकहरू भट्टीमै काम गरिरहेको भेटिए । रामेछाप नगरपालिका वडा नम्बर २ का गंगाबहादुर मगर १४ वर्षदेखि माटोसँगै परेड खेलिरहेका छन् । सानो परिवार भएको हुनाले आफ्नो कमाइले जीवन धान्न सहज भएको अनुभव उनको छ ।

गंगाबहादुर मगर

त्यस्तै काभ्रेका वीरबहादुर वाइबा उमेरले ५२ वर्ष पुगे ।  उनी २२ वर्षदेखि यहाँ काम गरिरहेका छन् । श्रमिक दिवसका बारेमा उनले सुन्न त सुनेका छन तर वर्षाका कारण उत्सव मनाउन जान नसकेको बताए । रातदिन माटोमा श्रम गर्दा पनि कमाइ २० हजार नाघ्न नसक्दा उनलाई पीडा हुन्छ । अन्य काम नपाउने भएकाले आफू यही काममा जोतिनुपरेको दुखेसो वाइबाको छ । 

वीरबहादुर वाइबा

उमेरले ५५ नाघेका राजकुमार खड्का ५–६ महिना देखि तलब नपाएको गुनासो गर्छन् । रातदिन माटोमा नङ्ग्रा खियाउँदा पनि हातमुख जोर्न, सन्तानको भरणपोषण र स्कुलको फी तिर्न नसकेकोमा गुनासो छ । काम गरेर पनि ऋणमा जीवन चलाउनु परेको पीडाले मन भतभती पोल्ने गरेको खड्का सुनाउँछन् । 

राजकुमार खड्का

भट्टामै भेटिएका अर्का मजदुर हुन्– सिन्धुपाल्चोकका कुलबहादुर पुरी । प्राविधिकको काम गर्दै आएका उनी पाँच महिनादेखि पारिश्रमिक नपाएको बताउँछन् ।  उधारोमा तेलचामल किनिरहेको बताउने उनी श्रमको सम्मान हुन नसकेकोमा दुखी छन् । 

कुलबहादुर पुरी

काभ्रे पनौतीका ५३ वर्षे अनिल वाइबाको पनि समान भोगाइ छ । उनले पनि महिनौँदेखि तलब पाएका छैनन् । भट्टामा कोइला हाल्ने काम गर्ने अनिल आफ्नो काम छोड्न नमिल्ने खालको रहेको बताउँछन् ।

अनिल वाइबा

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ८ : ०५ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा