प्रधानमन्त्री ओली र अमेरिकी रक्षा उपमन्त्री डा. जो फेल्टरबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र अमेरिकी रक्षा उपमन्त्री डा. जो फेल्टरबीच भेटवार्ता


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र दक्षिण तथा दक्षिण पूर्वी एसियाका लागि अमेरिकी रक्षा उपमन्त्री डा. जो फेल्टरबीच आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

आइतबार नै नेपाल आएका रक्षा उपमन्त्री फेल्टरसहितको अमेरिकी टोलीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो ।

भेटवार्तामा रक्षा उपमन्त्रीसहित नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीलगायतको पाँच सदस्यीय अमेरिकी टोलीको सहभागिता रहेको थियो भने नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका एक जना प्रतिनिधि पनि सहभागी थिए ।

भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । रक्षा उपमन्त्री फेल्टर ८ वर्षपछि अमेरिकाबाट नेपाल भ्रमण गर्ने उच्च अधिकारी हुन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ९ : ०२ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र