युरोपा लिग : सेमिफाइनलमा इङ्लिस क्लबलाई सफलता « Khabarhub

युरोपा लिग : सेमिफाइनलमा इङ्लिस क्लबलाई सफलता


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपा लिग फुटबलको पहिलो लेग सेमिफाइनलमा दुवै इङ्लिस क्लबले सफलता पाएका छन्। म्यानचेस्टर युनाइटेडले १० खेलाडीमा सीमित एथलेटिक क्लबलाई ३-० ले हरायो।

सान मेम्पेस रङ्गशालामा भएको खेलमा भ्रमणकारी म्यानचेस्टरका लागि खेलको ३० औँ मिनेटमा कासिमेरोले हेड गोल गरे। ३७ औँ मिनेटमा डानी भिभियनले रासमस हजलन्डलाई फल प्रहार गरेपछि प्राप्त गरेको पेनाल्टीलाई ब्रुनो फर्नान्डेजले गोलमा परिणत गरे। भिभियनले भने रातो कार्ड पाए। फर्नान्डेजले पहिलो हाफमा अन्त्यमा तेस्रो गोल गरे।

युरोपा लिगको अर्को सेमिफाइनलमा टोटनहाम हस्टस्पर्सले टोटनहाम हस्टस्पर्सले बोडा गिल्प्टलाई ३-१ ले हरायो।

सन् २००८ पछि पहिलो पटक उपाधिको सम्भावना देखिएको टोटनहामले ३८ औँ सेकेन्डमा अग्रता लिएको थियो।

रिचार्लीसनको क्रसमा ब्रेनन जोन्सनले हेड गोल गरेका थिए। जेम्स मेडिसनले दोस्रो गोलको अग्रता दिलाएको खेलमा डोमिनिक सोलान्केले गोल गर्दै टोटनहामको अग्रता अझ फराकिलो बनाएका हुन्। बोडोका साल्टनेसले ८३ औँ मिनेटमा गोल गरे।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ७ : २६ बजे

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण