युरोपा लिग : सेमिफाइनलमा इङ्लिस क्लबलाई सफलता | Khabarhub Khabarhub

युरोपा लिग : सेमिफाइनलमा इङ्लिस क्लबलाई सफलता


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपा लिग फुटबलको पहिलो लेग सेमिफाइनलमा दुवै इङ्लिस क्लबले सफलता पाएका छन्। म्यानचेस्टर युनाइटेडले १० खेलाडीमा सीमित एथलेटिक क्लबलाई ३-० ले हरायो।

सान मेम्पेस रङ्गशालामा भएको खेलमा भ्रमणकारी म्यानचेस्टरका लागि खेलको ३० औँ मिनेटमा कासिमेरोले हेड गोल गरे। ३७ औँ मिनेटमा डानी भिभियनले रासमस हजलन्डलाई फल प्रहार गरेपछि प्राप्त गरेको पेनाल्टीलाई ब्रुनो फर्नान्डेजले गोलमा परिणत गरे। भिभियनले भने रातो कार्ड पाए। फर्नान्डेजले पहिलो हाफमा अन्त्यमा तेस्रो गोल गरे।

युरोपा लिगको अर्को सेमिफाइनलमा टोटनहाम हस्टस्पर्सले टोटनहाम हस्टस्पर्सले बोडा गिल्प्टलाई ३-१ ले हरायो।

सन् २००८ पछि पहिलो पटक उपाधिको सम्भावना देखिएको टोटनहामले ३८ औँ सेकेन्डमा अग्रता लिएको थियो।

रिचार्लीसनको क्रसमा ब्रेनन जोन्सनले हेड गोल गरेका थिए। जेम्स मेडिसनले दोस्रो गोलको अग्रता दिलाएको खेलमा डोमिनिक सोलान्केले गोल गर्दै टोटनहामको अग्रता अझ फराकिलो बनाएका हुन्। बोडोका साल्टनेसले ८३ औँ मिनेटमा गोल गरे।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ७ : २६ बजे

पोखरामा नगर बसको प्रदूषण जाँच

पोखरा– पोखरा महानगरभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार बिहान प्रदूषण जाँच

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको