सरकारीसरह निर्वाह भत्ता नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी | Khabarhub Khabarhub

सरकारीसरह निर्वाह भत्ता नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकहरूलाई सरकारी आठौँ तह बराबरको निर्वाह भत्ता नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् ।

शुक्रवार मन्त्रालयमा चिकित्सक संघसँग उनीहरूका माग सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यस्तो चेतावनी दिएका हुन् । 

चिकित्सा शिक्षा आयोगको माघ २५ गतेको बैठकले आवासीय चिकित्सकहरूलाई निर्वाह भत्ता स्वरूप स्वास्थ्य मन्त्रालयको आठौँ तह सरह भत्ता दिने भनेर निर्णय गरेको र उक्त निर्णय मान्नै पर्ने मन्त्री पौडेलले बताए । 

सरकारले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकसरह भत्ता दिन निर्देशन दिए पनि कार्यान्वयन नभएपछि आवासीय चिकित्सकहरू विगत एक महिनादेखि आन्दोलनमा छन् । 

आवासीय चिकित्सकको समान सुविधा (मासिक ४८ हजार ७ सय रुपैयाँ) कायम गर्ने निर्णय गर्दै उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको थियो तर निजी मेडिकल कलेजहरूले उक्त निर्णय कार्यान्वयन नगरेको भन्दै आवासीय चिकित्सक आन्दोलित भएका हुन् । 

मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजहरूलाई सरकारले दिने कुनै पनि सुविधा उपलब्ध नगराउने घोषणा गरेका छन् । मन्त्री पौडेलले आन्दोलन फिर्ता लिएर मुलुकको उपचारात्मक प्रणालीमा सहयोग गर्न चिकित्सकहरूलाई आग्रह गरे । 

उनले चिकित्सा क्षेत्रका समस्या र चिकित्सकका मागप्रति सरकार संवेदनशील भएको उल्लेख गर्दै समाधानको बाटोमा अघि बढ्ने आश्वासन दिएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : ०५ बजे

मोहन बस्नेतमा रवि लामिछानेको ‘भेरियन्ट’ देखियो : अजयबाबु शिवाकोटी 

काठमाडौं– नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतमा सहकारी

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

कैलाली– धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले

एकीकृत समाजवादी बैठक : नेपालमाथिको मुद्दामा छलफल, झाँक्रीलाई स्पष्टीकरण

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई

अमेरिका-भियतनाम व्यापार सम्झौताले चीनमा नयाँ अनिश्चितता 

हनोई– संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड

उड्ने हेलिकोप्टर चीनबाट गुडाएर कसले ल्याउँदैछ नेपालमा ?

काठमाडौँ – यतिखेर विद्युतीय सामाजिक सञ्जालमा एउटा तस्बिर ‘भाइरल’ भइरहेको