मिडिया एक्सन नेपालद्वारा प्रेस स्वतन्त्रतासम्बन्धि वार्षिक प्रतिवेदन सार्वजनिक « Khabarhub

मिडिया एक्सन नेपालद्वारा प्रेस स्वतन्त्रतासम्बन्धि वार्षिक प्रतिवेदन सार्वजनिक


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिडिया एक्सन नेपालले ‘त्रासदेखि दण्डहीनतासम्म : नेपालमा मिडियामाथि बढ्दो खतरा’ शीर्षकको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदन  सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो । 

मे ४, २०२४ देखि मे १, २०२५ सम्मको अवधिमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिका उल्लंघन समेटिएको प्रतिवेदन संस्थाका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्य, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र मिडिया एक्सन नेपालकी अध्यक्ष प्रियंका  झाद्वारा संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

प्रतिवेदन अनुसार नेपालको मिडिया तथा अभिव्यक्ति स्वतन्त्रताको परिदृश्यमा गहिरिँदो संकट र चिन्ताजनक रहेको निर्देशक पन्तले बताए ।

उन भने, ‘यस वर्षको प्रतिवेदनले नेपालको मिडिया तथा अभिव्यक्ति स्वतन्त्रताको परिदृश्यमा गहिरिँदो संकट र चिन्ताजनक अवस्था उजागर गरेको छ। हाम्रो प्रतिवेदनले पत्रकारहरूलाई लक्षित गर्दै भइरहेका धम्की र आक्रमणहरूबारे गम्भीर तस्वीर प्रस्तुत गरेको छ। यस्ता उल्लङ्घनले केवल  पत्रकारहरूको सुरक्षामा खतराको संकेत मात्र गर्दैन, लोकतन्त्रको आधारभूत संरचनालाई नै कमजोर  बनाउँदछ ।’

मिडिया एक्सन  नेपालका अनुसार यस वर्ष ३२ वटा प्रेस  र अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका घटना प्रलेखिकरण  भएका छन्, जसले ४० जना व्यक्ति र सञ्चार गृहलाई प्रभावित पारेका छन्। तीमध्ये २ जना पत्रकार सुरेश भुल र सुरेश रजकको हत्या, ६ जनासहितको ३ जना पत्रकारको गिरफ्तारी (संस्कृति रिपोर्टिङ र अदालतको अवहेलनासम्बन्धी), ३ वटा सूचनाको अवरोध, २ वटा उपकरण नियन्त्रणमा लिने घटना, र २४ जना पत्रकार र मिडिया संस्थालाई लक्षित गर्दै गरिएका २२ वटा धम्की र त्रासका घटनाहरू रहेका छन्।

  पन्तले भने,’यी तथ्यांकहरू केवल आँकडा मात्र होइनन्, पत्रकारिताको वातावरण बिग्रँदै गएको संकेत पनि  हुन् जहाँ मिडिया र स्वतन्त्र आवाजमाथि त्रास सिर्जना गर्नु  शासकको  उपकरण बन्दै गएको छ।’

प्रतिवेदनमा राज्य तथा गैर-राज्य पक्षबाट भएका उल्लंघनहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ। 

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  २ : १४ बजे

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 

ललितपुर– ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ।

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव

दोस्रो पटक घण्टी घरमा बालेन्द्र, आजै रास्वपा दलको नेता बन्दै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक घण्टीघरमा सुरू भएको