कांग्रेस संसदीय दलको बैठकमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय « Khabarhub

कांग्रेस संसदीय दलको बैठकमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि बर्खास्त गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको विषय उठेको छ ।

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको विषयमा ऊर्जामन्त्री दीपक खड्कासँग सुरू भएको द्वन्द्व बढ्दै गएपछि प्रधानमन्त्री ओलीले वैशाख १० गते ऊर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका थिए ।

कान्छारामको नामबाट पनि चिनिने तामाङ कांग्रेसको रामेछाप जिल्ला सभापति पनि हुन् । ‘कान्छारामजीलाई फिर्ता बोलाउनु पर्नेमा हटाइयो भन्ने कुरो उठेको छ,’ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी दलको बैठकमा सहभागी एक सांसदले भने ।

ती सांसदले अहिलेसम्म बोल्ने कसैले पनि सरकारले शुक्रबार संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमको विरोधमा नबोलेको पनि जानकारी दिए । ‘नीति कार्यक्रमप्रति असन्तुष्टि भन्दा पनि सबै माननीयहरूको विकास बजेट क्षेत्रगत पाउनु पर्‍यो भन्ने छ,’ कांग्रेस सांसदले भने ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ४ : ०६ बजे

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यान – सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा

किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु

किएभ – युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति प्रकट !

काठमाडौं – सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय

वैशाख ८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८