सांसदलाई कांग्रेसको निर्देशन- जिम्मेवारीपूर्वक क्रियाशील रहनू | Khabarhub Khabarhub

सांसदलाई कांग्रेसको निर्देशन- जिम्मेवारीपूर्वक क्रियाशील रहनू


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई संसद् र आफ्ना विषयगत समितिका सम्पूर्ण गतिविधिहरूमा जिम्मेवारीपूर्वक क्रियाशील रहन निर्देशन दिएको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसको सबै सांसदहरूलाई संसद् र आफ्ना विषयगत समितिका सम्पूर्ण गतिविधिहरूमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन निर्देशन दिएको हो । 

संघीय संसद्को ठूलो पार्टीको रुपमा रहेको कांग्रेसले संसद् र संसदीय समितिहरूमा विचाराधीन महत्वपूर्ण विधेयकहरूमाथि हुने छलफलमा गम्भीर, जिम्मेवार र प्रभावकारिताका साथ प्रस्तुत हुने संकल्प पनि गरेको छ ।

नेपाल शिक्षक महासंघसँग सरकारले गरेको सहमति कार्यान्वयनका लागि कांग्रेस संसदीय दलले प्रतिवद्धतासमेत जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ६ : १४ बजे

लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

लमजुङ– हिउँदको समयमा घटेको विद्युत् उत्पादन वर्षा लागेपछि लमजुङमा उत्पादन

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

पर्सा- मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-३२ बस्ने १९ वर्षीय विध्यानन्द

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

बैंकक– थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको

मिर्गौला खराब हुँदा कस्ता लक्षण देखिन्छन् ?

काठमाडौं– मिर्गौला हाम्रो शरीरको एक महत्त्वपूर्ण अंग हो, जसले रगत

वायुसेवा निगमको सुदृढीकरण अपरिहार्य : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई