ओखलढुङ्गाको खिजिदेम्बामा माउण्टेन बाइकिङ, ६२ बाइकर्स सहभागी « Khabarhub

ओखलढुङ्गाको खिजिदेम्बामा माउण्टेन बाइकिङ, ६२ बाइकर्स सहभागी


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘हिमालको सुरक्षा, वातावरणको रक्षा र मानवताको प्रोत्साहन’ भन्ने नारासहित ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा ६२ माउण्टेन बाइकर्सले साहासिक खेल पर्यटनमा सहभागी हुन निम्ता दिएका छन् ।

चार दिनसम्म आयोजना भएको माउण्टेन बाइकिङ इभेन्ट ‘टुर द खिजिदेम्बा पिके २०२५’ मा राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरका माउण्टेन बाइकर्सले सहभागिता जनाए ।

बाइकिङ इभेन्टमा व्यावसायिक माउण्टेन बाइकर्स चुङबुक पर्वतारोहण संघ दक्षिण कोरियाका अध्यक्ष किम यङ सिकको समेत उपस्थिति रहेको ओखलढुङ्गा टुरिजम डेभ्लपमेन्ट कमिटीले जानकारी दिएको छ ।

‘यस प्रतियोगिताले खिजिदेम्बालाई एक अन्तर्राष्ट्रियस्तरको साहसिक पर्यटकीय गन्तव्यको रूपमा प्रस्तुत गरेको छ, यो आयोजनाले विश्वभरको ध्यानआकर्षण गरेको छ,’ कार्यक्रम संयोजक ङावा ङीमा शेर्पाले भने, ‘यहाँ हामी केवल एक साहसिक प्रतियोगितामात्र आयोजना गर्दैछौं भन्ने कुरा होइन । यो हाम्रो समुदायको पहिचान, गर्व र दिगो पर्यटनप्रतिको हाम्रो प्रतिबद्धता हो ।’

सहभागी ६२ बाइकर्सलाई खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले गोल्ड मेडल र प्रमाणपत्र प्रदान गरे ।

‘यस ऐतिहासिक कार्यक्रमले खिजिदेम्बा र पिके–थोलेदेम्बा क्षेत्रलाई नेपालका प्रमुख साहसिक पर्यटन गन्तव्यहरूको सूचीमा उभ्याएको छ ।’ मेडल वितरणका क्रममा अध्यक्ष शेर्पाले भने ।

अध्यक्ष शेर्पाका अनुसार सहासिक खेल पर्यटनको क्षेत्रमा खिजिदेम्बालाई विकास गर्न यसअघि पाचौँ संस्करणको अल्ट्रा ट्रेलरेस म्याराथन आयोजना गरिएको थियो ।

धावकहरूले उच्च हिमाली क्षेत्रमा ६७ किलोमिटर ट्रेल पार गरेका थिए । घनाजङ्गल, सांस्कृतिक गाउँ र बौद्ध धरोहर स्थल हुँदै यहाँको सांस्कृतिक र प्राकृतिक सौन्दर्यको धावकले अवलोकन गरेका थिए ।

४ हजार ६५ मिटरको उचाईमा रहेको पिके पिक र यहाँबाट देखिने सूर्योदयको अवलोकनले सहभागीलाई अनुपम आनन्द प्रदान गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।

‘अल्ट्रा ट्रेल रेस म्याराथनसँगै माउन्टेन बाइकिङको स्पर्धा सुरु गरेका छौँ, अध्यक्ष शेर्पाले भने, ‘यहाँको साहसिक खेल पर्यटनमा नयाँ अध्याय थपिएको छ । यस प्रतिस्पर्धाले खिजिदेम्बा क्षेत्रको प्रकृति र साहसिक अवसरलाई नविनतम पद्धतिमा प्रस्तुत गर्न सफल भएको छ ।’ अध्यक्ष शेर्पाले गाउँपालिकाले पहिलो पटक गल्फ प्रतियोगिताको समेत आयोजना गरेको जानकारी दिए । यो क्षेत्रलाई वर्षभरि साहसिक खेलहरूको गन्तव्यका रूपमा स्थापना गर्ने लक्ष्य लिएको अध्यक्ष शेर्पाले बताए ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ६ : ४९ बजे

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको