डिभीको रिजल्ट सार्वजनिक, यसरी हेर्नुस् | Khabarhub Khabarhub

डिभीको रिजल्ट सार्वजनिक, यसरी हेर्नुस्


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले विश्वका विभिन्न देशका नागरिक आफ्नो मुलुकमा भित्र्याउन सञ्चालन गर्ने डाइर्भसिटी भिसा (डिभी)को नतिजा सार्वजनिक भएको छ ।

वर्ष सन् २०२६ का लागि आवेदन भरेकाको नतिजा सार्वजनिक भएको हो । नतिजा हेर्नका लागि यो लिंकमा क्लिक गरेर आवश्यक निर्देशन अनुसार हेर्न सकिन्छ । त्यसका लागि डिभी भर्दा लिइएको कन्फर्मेसन नम्बर आवश्यक पर्दछ।

के हो अमेरिकी डिभी ?

खासमा अमेरिकातर्फ कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई अमेरिका भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुवात गरिएको हो । यसअनुसार हरेक वर्ष विभिन्न मुलुकका आवेदकलाई दामाशाहीबाट छान्ने गरिन्छ। डिभी चिठ्ठा दामाशाहीबाट छानिने भएकाले डिभी पर्ने नपर्ने निश्चित भने हुँदैन ।

हरेक वर्ष अमेरिकाले डिभी चिठ्ठा भर्ने अनलाइन फाराम खुला गर्ने गर्छ । यसअनुसार हरेक वर्ष १ करोड देखि २ करोडसम्मले अनलाइन फाराम भर्ने गर्छन् । यसमा अफ्रिकी तथा एशियालीहरुको धेरै ठूलो सहभागिता रहने बताइन्छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १० : २४ बजे

करको दायरा बढाउन माग

गण्डकी– पोखराका उद्योगी व्यवसायीले करको दर नभई दायरा बढाउन पोखरा

सुरौदी जलाधार : पुल नहुँदा जोखिम, उब्जाउयोग्य जमिन कटान 

गण्डकी– गण्डकी प्रदेशको कास्की, स्याङ्जा र तनहुँ जिल्लाका भूभागहरू समेटेर

जैमिनी पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा

बागलुङ– जैमिनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

चट्याङ लागेर बालकको मृत्यु

उदयपुर– उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको

बालीनालीमा  छरेको विषादीले  मौरी मासिँदै

पाल्पा- घर वरपरका बगैँचा, आँगनका छेउमा लहरै राखिएका मौरीका घार