विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न छात्रवृत्ति दिनुपर्छ : बालकृष्ण खाँण | Khabarhub Khabarhub

विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न छात्रवृत्ति दिनुपर्छ : बालकृष्ण खाँण


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालमा विदेशी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर आकर्षित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

आज बुटवलस्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पसको क्याम्पससभा (अधिवेशन)को उद्घाटन गर्दै क्याम्पस व्यवस्थापन समितिका संस्थापक अध्यक्षसमेत रहनुभएका पूर्वगृहमन्त्री खाँणले शिक्षा, सीप र रोजगारीलाई आपसमा जोड्ने नीति बनाउन सरकारलाई आग्रह गरे ।

उनले स्वदेशमा पढ्दै कमाउने वातावरण बनाउनुपर्ने भन्दै विदेशमा पढ्दै कमाउने अवसरका कारण विदेशी शिक्षामा विद्यार्थीको आकर्षण बढेको बताए ।

उनले नेपालका विश्वविद्यालय तथा क्याम्पसहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न सके विदेशी विद्यार्थीको आकर्षण बढ्ने विश्वास व्यक्त गरे । उनले भने, “नेपालमा पनि विदेशको जस्तै नीति लागू गरी विदेशी विश्वविद्यालय जस्तै यहाँ विदेशी विद्यार्थीलाई आकर्षित गर्न सकिन्छ । त्यसका लागि छात्रवृत्तिको व्यवस्था गर्न सकिन्छ ।”

उनले सूचना प्रविधि, पर्यटन, अनुसन्धान, उद्यमशीलता तथा रोजगारीलगायत क्षेत्रलाई शिक्षासँग एकीकृत गराउनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १० : ४६ बजे

करको दायरा बढाउन माग

गण्डकी– पोखराका उद्योगी व्यवसायीले करको दर नभई दायरा बढाउन पोखरा

सुरौदी जलाधार : पुल नहुँदा जोखिम, उब्जाउयोग्य जमिन कटान 

गण्डकी– गण्डकी प्रदेशको कास्की, स्याङ्जा र तनहुँ जिल्लाका भूभागहरू समेटेर

जैमिनी पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा

बागलुङ– जैमिनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

चट्याङ लागेर बालकको मृत्यु

उदयपुर– उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको

बालीनालीमा  छरेको विषादीले  मौरी मासिँदै

पाल्पा- घर वरपरका बगैँचा, आँगनका छेउमा लहरै राखिएका मौरीका घार