विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न छात्रवृत्ति दिनुपर्छ : बालकृष्ण खाँण « Khabarhub

विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न छात्रवृत्ति दिनुपर्छ : बालकृष्ण खाँण


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालमा विदेशी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर आकर्षित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

आज बुटवलस्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पसको क्याम्पससभा (अधिवेशन)को उद्घाटन गर्दै क्याम्पस व्यवस्थापन समितिका संस्थापक अध्यक्षसमेत रहनुभएका पूर्वगृहमन्त्री खाँणले शिक्षा, सीप र रोजगारीलाई आपसमा जोड्ने नीति बनाउन सरकारलाई आग्रह गरे ।

उनले स्वदेशमा पढ्दै कमाउने वातावरण बनाउनुपर्ने भन्दै विदेशमा पढ्दै कमाउने अवसरका कारण विदेशी शिक्षामा विद्यार्थीको आकर्षण बढेको बताए ।

उनले नेपालका विश्वविद्यालय तथा क्याम्पसहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न सके विदेशी विद्यार्थीको आकर्षण बढ्ने विश्वास व्यक्त गरे । उनले भने, “नेपालमा पनि विदेशको जस्तै नीति लागू गरी विदेशी विश्वविद्यालय जस्तै यहाँ विदेशी विद्यार्थीलाई आकर्षित गर्न सकिन्छ । त्यसका लागि छात्रवृत्तिको व्यवस्था गर्न सकिन्छ ।”

उनले सूचना प्रविधि, पर्यटन, अनुसन्धान, उद्यमशीलता तथा रोजगारीलगायत क्षेत्रलाई शिक्षासँग एकीकृत गराउनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १० : ४६ बजे

अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा शुक्रबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले