भारतमा स्वतन्त्रपछि पहिलो पटक जाति जनगणना « Khabarhub

भारतमा स्वतन्त्रपछि पहिलो पटक जाति जनगणना


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत स्वतन्त्र भएपछि पहिलो पटक जाति जनगणना गरिने भएको छ । केन्द्रीय सरकारको मन्त्रिपरिषद् बैठकले जाति जनगणनाको स्वीकृति दिएको हो ।

केन्द्रीय मन्त्री अश्विनी वैष्णवका अनुसार मूल जनगणनासँगै जाति जनगणना पनि हुनेछ । कांग्रेससमेत सबैजसो विपक्षी दलहरुले जाति जनगणनाको माग गरिरहँदा भारतीय जनता पार्टी ९भाजपा० नेतृत्वको केन्द्रीय सरकारले यसको स्वीकृति दिएको हो ।

सन् २०२५ को आखिरमा बिहार राज्यको विधान सभा निर्वाचन हुँदैछ । त्यसअघि नै जनगणना गरिने अनुमान गरिएको छ ।

जनगणनाको शुरुआत आगामी सेप्टेम्बरदेखि शुरु हुन सक्ने बताइएको छ । यसको प्रक्रिया पूरा हुन एक वर्षसम्म लाग्न सक्नेछ ।जनगणनाको अन्तिम आँकडा सन् २०२६ को अन्तिम वा सन् २०२७ को शुरुआतसम्ममा आउने छ ।

यसअघि सन् २०११ मा पछिल्लो जनगणना भएको थियो । यो हरेक १० वर्षमा हुँदै आएकामा सन् २०२१ मा कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो ।

कांग्रेस नेता राहुल गान्धीले जाति जनगणनाका लागि आफूहरु तयार रहेको तर समय भने सरकारले तोक्नुपर्ने बताएका छन् ।

यसअघि केन्द्रीय गृहमन्त्री एवं भाजपाका पूर्वअध्यक्ष अमित शाहले सन् २०२४ को अगस्तमै जनगणना उचित समयमा गरिने बताएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ३ : ५३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब