आज २०८२ साल वैशाख २१ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल वैशाख २१ गते आइतबारको राशिफल


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख २१ गते आइतबार। वैशाख शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ मे ४ तारिख। रवि सप्तमी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। राजनीतिक घेराबन्दी हुनसक्छ। काम गर्दा सचेत बन्नुपर्नेछ। अनुत्पादित क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। मनमा अशान्ति बढ्नेछ। स्वास्थ्यमा भने सुधार हुने योग छ।

वृष : दिन सामान्य राम्रो छ। बोल्नु भन्दा अगाडि तीन पटक सोच्नु राम्रो हुनेछ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। निजी क्षेत्रमा शिक्षाको लगानीबाट आम्दानी बढ्नेछ। व्यापारमा घाटा हुने जोखिम छ।

मिथुन : दिन राम्रो छ। धनस्थानमा चन्द्रमा पुगेकाले धनलक्ष्मी योगको सदुपयोग गर्नुपर्नेछ। राज्यका तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा रमाइलो घेटघाट हुनेछ।

कर्कट : आफ्नै राशिमा चन्द्रमा रहेकाले मन शान्त बन्नेछ। स्वास्थ्यको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा बहुआयामीक क्षेत्रको लगानी फस्टाउने छ। संकटमा परिवारको साथ मिल्नेछ।

सिंह : शनिको प्रभावले हरेक काममा अवरोध सिर्जना हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

कन्या : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। दैनिक कामबाट नाफा हुनेछ। परिवारमा रमाइलो भेटघाट तय हुनेछ। स्वास्थ्यमा ख्याल गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : स्वास्थ्य र शिक्षा दुवै क्षेत्रमा सफलता मिल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। शिक्षक भए विद्यार्थीले प्रशंसा गर्नेछन्। राज्यमा गरेको योगदानको प्रशंसा हुनेछ।

वृश्चिक : मुल त्रिकोणमा शुभ ग्रह बसेका छन्। शिक्षाको क्षेत्रमा उपलब्धि हात लाग्नेछ। साथीलेसमेत तपाईंको कामको प्रशंसा गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन सामान्य छ। साना कुराले मनमा खटपटी बढ्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारले तपाईंको काममा प्रश्न गर्ने भएकाले काम गर्दा सचेत बन्नु उचित हुनेछ।

मकर : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। तपाईंको लगानीबाट फाइदा हुनेछ। दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्ने दिन छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य छ। स्वास्थ्यमा संकट आइपर्ने जोखिम छ। विपक्षी साथीले तपाईंका विरुद्धमा आवाज उठाउने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। एकल भन्दा संयुक्त लगानी गर्नु उचित हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : ०२ बजे

नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न आयोग बनाउन माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद धनराज गुरुङले नेता र कर्मचारीको सम्पत्ति

शंकै शंकाले झगडा बढ्दा सेनाका जवानले जंगलमा बोलाएर लिए पत्नीको ज्यान

सुर्खेत– विवाहपछि एक अर्काबीचको शंका बढ्दा ज्यानै जानेसम्मको गम्भीर अपराध भएको

बालअधिकार अभियान्ता भुवनलाई वर्ल्ड जुरिस्ट सम्मान पदक

काठमाडौं– न्यायिक अभियान्ताहरूको वैश्विक संस्था वर्ल्ड जुरिस्ट एसोसिएसन (डब्ल्यूजेए) ले

आईएफजे उपाध्यक्ष भन्छिन्- डिजिटल ऐनबारे आवाज उठाउने बेला आइसक्यो

काठमाडौं– अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) उपाध्यक्ष सबिना इन्दरजितले नेपाली पत्रकारहरूको

योगेशले भने- कुलमानलाई हटाउँदा प्रचण्डको मुटुमै गोली लागे जस्तो भएछ

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेपाल विद्युत प्राधिकरणका