संस्कृति संरक्षणका लागि घोडा दौड « Khabarhub

संस्कृति संरक्षणका लागि घोडा दौड


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्सास्थित वीरगञ्जका प्राचीन कला र संस्कृति जोगाउन शनिबार वीरगञ्ज महानगर–१६ नगवामा घौडा दौड प्रतियोगिता गरिएको छ । नेपाल र भारतबीच प्राचीन समयदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिन घोडा दौड आयोजना गरिएको हो ।

घोडा दौड प्रतियोगितामा छिमेकी मुलुक भारतको विहार राज्यका मोतिहारी, पश्चिम चम्पारण जिल्ला र नेपालका १६ घोडा सवारबीच प्रतिस्पर्धा गराइएको थियो ।

ब्रहम बाबा सञ्चालक सेवा समिति तथा बीपी कोइराला युवा नेतृत्व मञ्चको आयोजनामा भएको उक्त दौडमा १६ घोड सवारबीच प्रतिस्पर्धा गराइएको थियो । समितिका अध्यक्ष प्रभु चौरसियाले दुवै मुलुकबीच सदियौँदेखि चल्दै आएको सद्भाव कायम गर्न पनि प्रतियोगिताले ठूलो मद्दत पुगेको बताए ।

घोडा दौड हेर्न उल्लेख्य सङ्ख्यामा सर्वसाधारणको घुइँचो लागेको थियो ।

घोडा दौड प्रतियोगितामा भारतको मोतिहारीका विचारी यादवको घोडा प्रथम भएको छ । प्रथम हुनेलाई कुलर मेसिनले सम्मानित गरियो । त्यस्तै द्वितीय पुरस्कार मोतिहारीकै कोट्वाका मेनेजर ज्यादवको घोडाले प्राप्त गर्‍याे भने तृतीय पुरस्कार पर्सा सिर्सियाका हरिशङ्कर सिंहको घोडाले पाएको छ ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै मधेस प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीले लोपोन्मुख हुँदै गएको घोडा दौड प्रतियोगिताले नेपाल र भारतबीच मैत्रीपूर्ण भावनाको विकास गर्न सघाउ पुगेको बताए ।

मन्त्री क्षेत्री, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमलगायतले घोडा दौड प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : ४१ बजे

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी– प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा

‘लेबनानी सेनाको क्षमता सुदृढ गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य’

एजेन्सी- संयुक्त राष्ट्रका शान्ति सञ्चालन सम्बन्धी सह-सचिव जाँ-पिएरे लाक्रोइक्सले लेबनानी

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

काठमाडौं– काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा

शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका