घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट सडक कालोपत्र | Khabarhub Khabarhub

घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट सडक कालोपत्र


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक कालोपत्र भएको छ । घ्याम्पेसालबाट ताकुकोटसम्मको ८.३६ किलोमिटर सडकखण्ड ट्रयाक खोलेको २८ वर्षपछि गण्डकी प्रदेश सरकारले कालोपत्र गरेको हो । दुई लेनको उक्त सडकको चौडाइ सात मिटर छ ।

एमएस, बिरुवा, वाइबा एण्ड लामा जेभी कम्पनीले २९ करोड ७७ लाख लागतमा सो सडक कालोपत्र गरेको पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर कपिल काप्रीले जानकारी दिए । २०८१ साल चैत मसान्तभित्र काम सक्ने गरी २०७७ साउन १५ गते ठेक्का सम्झौता भएको थियो ।

‘ठेक्का सम्झौता भएपछि कोभिड–१९ का कारण केही ढिलाइ भएको थियो’,  इन्जिनियर काप्रीले भने, ‘सडक कालोपत्रसँगै एक मिटर चौडाइको नाली निर्माण र विभिन्न ठाउँमा ग्याविन तथा मेसिनरी पर्खाल निर्माणको काम सम्पन्न भइसकेको छ । सडक कालोपत्र भएपछि स्थानीय उत्साहित भएका बारपाक सुलिकोट गाउँपालिका–७ का अध्यक्ष कृष्ण गुरुङले बताए । हाल सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ ।

‘यो ट्रयाक २०५४ सालतिरै खुलेको हो । तर हालसम्म पनि कालोपत्र हुन सकेको थिएन’, उनले भने, ‘सधैँ कच्ची सडकमै यात्रा गर्नुपर्ने चिन्ता थियो ।’

सडक कालोपत्र नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र समेत जोड्ने उक्त सडकखण्ड कालोपत्रको काम सम्पन्न भएपछि पालिकावासीलाई जिल्ला सदरमुकामसम्म आवतजावत गर्न सहज हुनेछ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : ५० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

एसीसी यु-१६ : भुटानविरुद्ध नेपालका बजगाईं र श्रीवास्तवले बनाए अर्धशतक

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

हेटौँडा– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

काठमाडौं – साङ्घाइ को-अपरेशन अर्गनाइजेशन (एससिओ)द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र