बर्कशर हाथावेको प्रमुख कार्यकारी पद त्याग्ने ९४ वर्षीय वारेन बफेटले १३ वर्षमै तिरेका थिए कर | Khabarhub Khabarhub

बर्कशर हाथावेको प्रमुख कार्यकारी पद त्याग्ने ९४ वर्षीय वारेन बफेटले १३ वर्षमै तिरेका थिए कर


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भेट्रान अमेरिकी लगानीकर्ता वारेन बफेटले लगानी व्यवस्थापन कम्पनी बर्कशर हाथावे कम्पनीको प्रमुख कार्यकारी पद त्याग गर्ने भएका छन् । ९४ वर्षीय बफेटले उक्त कम्पनीको वार्षिक बैठकमा यस्तो घोषणा गरेका हुन् ।

बफेट विगत ६० वर्षदेखि बर्कशर हाथावे कम्पनीको प्रमुख कार्यकारी पदमा थिए । अब उनले कम्पनीका उपाध्यक्ष ग्रेग अबेललाई पद सुम्पिने भएका छन् ।

उनले यस वर्ष २०२५ को अन्त्यदेखि पद त्याग गर्ने जनाइएको छ । यद्यपि कम्पनीको महत्वपूर्ण निर्णयहरुमा आफ्नो सल्लाह र सहयोगले निरन्तरता पाउने उनको भनाइ छ ।

अमेरिकी आर्थिक अखबार फोर्ब्सका अनुसार बफेटको कुल सम्पत्ति १ खर्ब ६८ अर्ब अमेरिकी डलर छ ।

६२ वर्षीय ग्रेग अबेल सन् २०१८ देखि कम्पनीको उपप्रमुखको पदमा छन् । सन् २०२१ मा उनलाई बफेटको उत्तराधिकारी चयन गरिएको थियो ।

सन् १९३० मा ओमाहामा जन्मेका बफेटले सानै उमेरदेखि लगानी गर्न थालेको बताइन्छ । ११ वर्षको उमेरमा उनले आफ्नो जीवनकै पहिलो लगानी गरेका थिए । त्यस लगानीबाट उनले ४.६ प्रतिशत नाफा आर्जन गरेका थिए ।

फोर्ब्सका अनुसार उनले १३ वर्षको उमेरमा नै सरकारलाई पहिलो पटक कर तिरेका थिए । किशोरावस्थामा उनले पत्रिका बेच्ने गर्थे । १६ वर्षको उमेरमा उनले ५३ हजार डलर कमाइसकेका थिए ।

सन् १९५० को दशकमा केही वर्ष आफ्नै बाबुको बफेट–फाल्क कम्पनीमा लगानी बिक्रेताको काम गरेका उनले सन् १९५४ मा ग्राहम–न्युम्यान कम्पनीमा सुरक्षा विश्लेषकको काम गरेका थिए ।

सन् १९६० सम्म आइपुग्दा उनको सम्पत्ति १० लाख डलरभन्दा धेरै भइसकेको थियो । त्यसबेला उनले बर्कशर हाथावे नामक टेक्सटाइल उत्पादन कम्पनीको पनि शेयर खरिद गरेका थिए ।

टेक्सटाइल उत्पादनमा सक्रिय हाथावेले बफेटको आगमनसँगै बीमा, घरजग्गा तथा अन्य वित्तीय कारोबारमा पनि हात हाल्यो । अहिले बर्कशर हाथावेलाई अमेरिकाको सफलतम् लगानी व्यवस्थापन कम्पनी मानिन्छ ।

हाल यस कम्पनीको कुल बजार मूल्य ११ खर्ब अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ ।

उनी अर्का अर्बपति बिल गेट्सका मिल्ने साथी हुन् । उनीहरुबीच लामो समयदेखि दोस्तीयारी रहेको बताइन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १ : ३१ बजे

सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

सिरहा– सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल