पाकिस्तानमाथि आक्रमण गर्ने भारतको तयारी, प्रधानमन्त्री मोदी र वायुसेना प्रमुख सिंहबीच भेटवार्ता « Khabarhub

पाकिस्तानमाथि आक्रमण गर्ने भारतको तयारी, प्रधानमन्त्री मोदी र वायुसेना प्रमुख सिंहबीच भेटवार्ता


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले पाकिस्तानमाथि आक्रमण गर्ने तयारी गरिरहेका बेला आइतबार भारतीय वायुसेना प्रमुखले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्धको जोखिम बढेर गएका बेला भेटवार्ता भएको हो ।

आजतकका अनुसार भारतीय वायुसेनाका एअर चिफ मार्शल अमरप्रीत सिंहले प्रधानमन्त्री निवासमा मोदीसँग भेटवार्ता गरेका छन् । त्यसअघि हिजोमात्रै भारतीय नौसेनाका प्रमुख एडमिरल दिनेश के त्रिपाठीले पनि मोदीसँग भेटवार्ता गरेका थिए ।

भेटवार्ताका क्रममा सेनाप्रमुखले प्रधानमन्त्री मोदीलाई सैन्य तयारी र सतर्कताबारे जानकारी गराएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो समय प्रधानमन्त्री मोदीले सैन्य अधिकारीसँग भेटवार्तालाई तीव्र बनाइरहेका छन् ।

पहिलो पटक मोदीले गत २६ अप्रिलका दिन रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल, चिफ अफ डिफेन्स स्टाफका प्रमुख जनरल अनिल चौहान र तीनै सैन्य विभागका प्रमुखसँग बैठक गरेका थिए । त्यस बैठकका क्रममा मोदीले भारतीय सेनालाई पाकिस्तानविरुद्ध हुने कुनै पनि सैन्य कारवाहीको निर्णय गर्ने पूर्ण अधिकार प्रदान गरेका थिए ।

त्यसपछि गत ३० अप्रिलका दिन पनि प्रधानमन्त्री मोदीले स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीसँग बैठक गरेका थिए । बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल पनि सहभागी थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  २ : ५२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल