अपाङ्गतासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू कार्यान्वयन गर्नुपर्ने माग « Khabarhub

अपाङ्गतासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू कार्यान्वयन गर्नुपर्ने माग


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले नेपालले अनुमोदन गरेका अपाङ्गतासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । 

सङ्घको १७औँ स्थापना दिवसका अवसरमा अध्यक्ष माधव चम्लागाईंले आज एक सन्देश व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घीय अपाङ्गता अधिकार महासन्धिसहित अन्य महासन्धिहरूमा भएका विविध प्रतिबद्धता र घोषणाको प्रभावकारी कार्यान्वयनमा सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए । 

अध्यक्ष चम्लागाईंले स्वास्थ्य बिमा प्रणालीमार्फत ह्विलचियर, कृत्रिम खुट्टा, ‘क्यालिपर’लगायत आवश्यक र सहायक सामग्रीहरू सहज, गुणस्तरीय र सम्मानजनक तरिकाले उपलब्ध गराउनुपर्ने माग गरे । 

विश्वव्यापी ढाँचा तथा सिद्धान्तअनुसार सार्वजनिक पूर्वाधारहरू पहुँचयुक्त बनाउन आगामी कार्य योजना स्पष्ट, समयबद्ध र दायित्वमुखी हुनुपर्नेमा सङ्घले जोड दिएको छ । 

‘गम्भीर श्रेणीका अपाङ्गता भएका व्यक्तिहरूका लागि व्यक्तिगत सहयोगी सेवा तत्काल सुरु गर्नुपर्नेछ । गरिमा, आत्मनिर्भरता र जीवनको गुणस्तर सुधार गर्न यो सेवा अत्यावश्यक बनिसकेको छ । यसतर्फ सरकार गम्भीर भएर योजनाबद्ध रूपमा काम गर्नुपर्छ’, सन्देशमा भनिएको छ ।

सङ्घले अपाङ्गता भएकाको विषयमा संविधान, ऐन र नीतिहरूमा समावेश गरिएका अधिकारहरू व्यवहारमा लागू नभएसम्म समता र न्यायको अनुभूति अधुरो हुने भन्दै अबको यात्रामा अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधन गरी तीनै तहमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्नेमा जोड दिएको छ । 

अध्यक्ष चम्लागाईंले भनेका छन्, ‘अबको मुद्दा आर्थिक सशक्तीकरण, रोजगारी, सीप विकास, डिजिटल पहुँच, अपाङ्गमैत्री संरचनाको निर्माण र सहायक उपकरणहरूको सर्वसुलभ उपलब्धतालगायत विषयहरू प्राथमिकतामा रहनेछन् ।’
 

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : १७ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा