शनिबारदेखि बेपत्ता प्रेमा जंगलमा मृत भेटिइन्, प्रहरी भन्छ- घटना शंकास्पद « Khabarhub

शनिबारदेखि बेपत्ता प्रेमा जंगलमा मृत भेटिइन्, प्रहरी भन्छ- घटना शंकास्पद


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको भेरीगंगा नगरपालिका–१२, को झिगंना नजिकै रहेको जङ्गलमा मृत भेटिएकी युवतीको पहिचान खुलेको छ । उनी सुर्खेत गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओली रहेको प्रहरीले जनाएको छ ।

जङ्गलको खोल्सामा प्रेमाको शव देखेर आइतबार बिहान १० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेन्द्रजङ्ग बुढाथापाले बताए । 

‘बुझ्दै जाँदा शवको पहिचान खुले पनि कारण पत्ता लगाउन सकिएको छैन,’ उनले भने,‘घटनाको अनुसन्धानका लागि बाँकेबाट तालिम प्राप्त कुकुर ल्याइएको छ ।’

ओली शनिबारदेखि हराएकी आफन्तले बताएका छन् । घटना रहस्यमय देखिएपछि अनुसन्धानका लागि प्रहरीको केनाई शाखा नेपालगञ्जबाट कुकुरसहितको टोलीसमेत घटनास्थलमा पुगेको छ ।

शवको प्रकृति हेर्दा शंका गर्ने ठाउँ देखिएकाले गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : २० बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल