एमालेको नजरमा नीति तथा कार्यक्रम उत्कृष्ट, परिणाममुखी बजेट ल्याउन सरकारलाई सुझाव « Khabarhub

एमालेको नजरमा नीति तथा कार्यक्रम उत्कृष्ट, परिणाममुखी बजेट ल्याउन सरकारलाई सुझाव


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपा एमालेले यही वैशाख १९ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम उत्कृष्ट रहेको ठहर गरेको छ ।

आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारको नीति तथा कार्यक्रम विगतको भन्दा चुस्त, व्यवस्थित र दिशानिर्देशको हिसाबले सही रहेको निष्कर्ष निकालेको हो ।

अब नीति कार्यक्रम जस्तै आगामी बजेट ठोस र परिणाममुखी हुनुपर्ने सुझाव पदाधिकारी सदस्यहरूले दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै बजेटले उत्पादन र उत्पादकत्वमा ध्यान दिनुपर्ने, योजनाको प्राथमिकीकरण, कृषि क्षेत्रको आत्मनिर्भर लगायत कुरामा ख्याल गर्नुपर्ने सुझाव आएको उनले बताएका छन् ।

स्रोतको अधिकतम् ध्यानमा राखेर बजेट ल्याउन पनि सुझाव दिइएको ज्ञवालीले उल्लेख गरे । बैठकले सरकारले शिक्षक र चिकित्सकहरूसँग गरेको सहमतिको स्वागत गर्दै सरकारलाई धन्यवाद दिने निर्णय गरेको उनले बताएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : ५७ बजे

भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा

‘ताल फुटे पनि बुधबारको जस्तो भीषण बाढी आउँदैन’

विपद् जोखिम न्यूनीकरण प्राधिकरणकी प्रवक्ता शान्ति महत रसुवाको नेपाल-चीन सिमानामा

बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग

हेटौँडा– मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं