भारतले रोक्यो पाकिस्तानतिर जाने चिनाब नदीको पानी | Khabarhub Khabarhub

भारतले रोक्यो पाकिस्तानतिर जाने चिनाब नदीको पानी


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानसँगको सिन्धु जलसन्धि निलम्बन गरेपछि भारतले आइतबार चिनाब नदीको पनि पानी रोकेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार, जम्मु-कश्मीरको रामबनमा बनेको बागलिहार बाँधबाट चिनाबको पानी रोकिएको हो ।

उता, कश्मीरमा किशनगंगा बाँधमार्फत् झेलम नदीको पानी रोक्ने योजना पनि भारतले तयार गरिसकेको छ ।

यसैबीच, एयर चीफ मार्शल अमरप्रीत सिंहले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।

स्रोतहरूका अनुसार, प्रधानमन्त्री र एयर चीफ मार्शलबीच २७ जनाको ज्यान जाने गरी भएको पहलगाम हमलासम्बन्धी कुराकानी भएको थियो।

२२ अप्रिलमा भएको पहलगाम आतंकवादी हमलामा नेपालीसहित २७ जना मारिएका थिए । यो हमला भएको १२ दिन बितिसकेको छ ।

तर, भारतले यसअघि जस्तो पाकिस्तानविरुद्ध कारबाही गर्न सकेको छैन । पाकिस्तानसँगको तनावबीच प्रधानमन्त्री मोदीले सेनाका उच्च अधिकारीहरूसँग निरन्तर बैठक गर्दै आएका छन्। शनिबार उनले नेभी प्रमुखसँग भेट गरेका थिए।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ७ : ३७ बजे

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ