भारतले रोक्यो पाकिस्तानतिर जाने चिनाब नदीको पानी « Khabarhub

भारतले रोक्यो पाकिस्तानतिर जाने चिनाब नदीको पानी


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानसँगको सिन्धु जलसन्धि निलम्बन गरेपछि भारतले आइतबार चिनाब नदीको पनि पानी रोकेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार, जम्मु-कश्मीरको रामबनमा बनेको बागलिहार बाँधबाट चिनाबको पानी रोकिएको हो ।

उता, कश्मीरमा किशनगंगा बाँधमार्फत् झेलम नदीको पानी रोक्ने योजना पनि भारतले तयार गरिसकेको छ ।

यसैबीच, एयर चीफ मार्शल अमरप्रीत सिंहले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।

स्रोतहरूका अनुसार, प्रधानमन्त्री र एयर चीफ मार्शलबीच २७ जनाको ज्यान जाने गरी भएको पहलगाम हमलासम्बन्धी कुराकानी भएको थियो।

२२ अप्रिलमा भएको पहलगाम आतंकवादी हमलामा नेपालीसहित २७ जना मारिएका थिए । यो हमला भएको १२ दिन बितिसकेको छ ।

तर, भारतले यसअघि जस्तो पाकिस्तानविरुद्ध कारबाही गर्न सकेको छैन । पाकिस्तानसँगको तनावबीच प्रधानमन्त्री मोदीले सेनाका उच्च अधिकारीहरूसँग निरन्तर बैठक गर्दै आएका छन्। शनिबार उनले नेभी प्रमुखसँग भेट गरेका थिए।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ७ : ३७ बजे

अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने

काठमाडौँ– अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–०८४

एउटै ओभरमा ६ छक्का हान्दै कुशल भुर्तेलले बनाए नयाँ रेकर्ड

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध एउटै

चीनविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध नेपालका

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण गरिने

काभ्रेपलाञ्चोक– बाढीपहिरोले बगाएका काभ्रेका ६ वटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने

चीनविरुद्ध ओपनर कुशल भुर्तेलको शतक

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध नेपाली