आईपीएल: लखनउलाई पञ्जाबले दियो २३७ रनको लक्ष्य « Khabarhub

आईपीएल: लखनउलाई पञ्जाबले दियो २३७ रनको लक्ष्य


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा पञ्जाब किंग्सले लखनउ सुपर जायन्टस्लाई जितका लागि २३७ रनको विशाल लक्ष्य दिएको छ ।

हिमाचल प्रदेश क्रिकेट संघ रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पञ्चालबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३६ रन बनायो ।

उसका लागि प्रभसिमरन सिंह ९१ रन बनाए । ४८ बलको सामना गरेका उनले ६ चौका र सात छक्का प्रहार गरे । त्यस्तै कप्तान श्रेयस अय्यरले २५ बलमा ४ चौका र २ छक्कासहित ४५ रन बनाए । यता शशांक सिंहले ३३,जोस इंग्लिसले ३०, नेहल वधेराले १६ रन बनाए ।

लखनउका लागि दिग्वेश राठी र आकाश सिंहले समान २ विकेट लिए । प्रिन्सं यादवको नाममा एक विकेट रह्यो ।

लखनउ र पञ्जाब दुवै टोलीको प्लेअफ पुग्ने सम्भावना कायमै रहेका कारण दुवै टोलीका लागि यो खेल महत्वपूर्ण छ । पञ्जाब अंक तालिकाको चौथो स्थानमा छ भने लखनउ सातौं स्थानमा छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ९ : ३५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने