डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन | Khabarhub Khabarhub

डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

डोल्पा – डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ । सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यार्सागुम्बा पाइने जिल्लाका सबै पाटन जेठ ५ गतेदेखि सङ्कलकका लागि खुला गर्ने निर्णय गरेको हो ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको आयोजनामा बसेको बैठकले पाटन खोल्नेदेखि संरक्षण र व्यवस्थित गर्नेसम्मका निर्णय गरेको छ । जिल्लाका सयौं बुकी पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि एक महिनाको समयाअवधि तोकेर सर्वसाधारणका लागि हरेक वर्ष खुला गरिन्छ । यार्सा पाटन आगामी असार ५ गते पुनः बन्द हुने छन् । वैशाख तेस्रो सातादेखि नै यार्सागुम्बा सङ्कलन गर्न सर्वसाधारण उच्च हिमाली भेग जाने गरेका छन् ।

यार्सा पाटनहरुमा वन र निकुञ्जले सुरक्षा व्यवस्था मिलाएको छ । सङ्कलकले एक महिनाको समयमा सबै पाटनमा प्रवेश शुल्क तिरेर यार्सागुम्बा सङ्कलनको अनुमित पाउने गरेका छन् । निकुञ्ज क्षेत्रका वन प्रवेशका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले प्रवेश शुल्क लिने छ भने मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुले सेवा शुल्कबापतको छुट्टै शुल्क लिन पाउनेछन् ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रका नागरिकले रु ५००, डोल्पा जिल्लाभित्रका नागरिकले रु दुई हजार र जिल्लाबाहिरका नागरिकले रु तीन हजार प्रवेश शुल्क तिरेर मात्र वन प्रवेश गर्न पाउनेछन् । एक सामुदायिक वनबाट अर्को सामुदायिक वनमा यार्सा सङ्कलनका लागि प्रवेश गरेमा उक्त सामुदायिक वनले सङ्कलकबाट सेवा शुल्क बापतको छुट्टै रु ५०० रकम लिन पाउनेछन् ।

डिभिजन वनअन्तर्गतका यार्सा पाटनमा भने सामुदायिक वनले प्रवेश शुल्क लिने गरेका छन् । आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले विभिन्न ११ वटा निर्णयसमेत गरेको छ । निर्णय सबैलाई हित हुनेगरी भएको र कार्यान्वयन हुनेमा पनि विश्वस्त रहेको जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १० : ३९ बजे

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त

मनसुनको अवस्था अद्यावधिकः मधेशमा सरदरभन्दा कम वर्षा हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती – बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी

एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको विशेष जिल्ला