शुक्लाफाँटाका सबै वडामा माटोको नमुना परीक्षण « Khabarhub

शुक्लाफाँटाका सबै वडामा माटोको नमुना परीक्षण


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा माटो सुहाउँदो बालीका लागि सम्भाव्यता अध्ययन अगाडि बढाइएको छ । नगरपालिकाको कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरीपालन, बगरखेती लगायतका लागि सम्भाव्यता अध्ययन  गरेको हो ।

‘कुन माटोमा कुन बाली फस्टाउन सक्छ भनेर अध्ययनको कार्य गरेका छौँ’ कृषि विकास शाखाका प्रमुख करन सिंह बुढाऐरले भने, ‘सोही अनुसार कार्यक्रम तयार गरी लागू गर्छौँ ।’ प्रत्येक वडाको माटोको नमूना परीक्षण गरी सूक्ष्म तत्वका आधारमा बालीका लागि वडागत रुपमा सम्भाव्यता अध्ययनको कार्य गरिएको उनले बताए  ।

उनका अनुसार वडा नम्बर १, २, ३ र १२ मा उखुखेती, वडा नम्बर २, ३, ७, ८ र ९ मा तरकारी खेती र वडा नम्बर ५, ६, ७, ८ र ९ मा फलफूल, माहुरीलगायत प्राङ्गारिक खेतीका लागि उपयुक्त रहेको छ ।

यसैगरी, खाद्यान्न बालीका लागि वडा नम्बर ३, ४, ५, ६, ९, १०, ११ र वडा नम्बर ३, ११ र १२ बगर खेतीका लागि उपयुक्त मानिएको छ ।

सम्भाव्यता अध्ययन गरिएका वडामा आवधिक तीन वर्षे योजना बनाएर लागू गर्ने योजना अघि सारिएको छ । सम्भाव्यता अध्ययनको कार्य अनुसार मूल तथा स्रोत बीउमा आधारित धान, गहुँ, तोरी, मसुरो बालीमा अनुदान, लक्षित वर्गका लागि मागमा आधारित च्याउ, फलफूल, तरकारी, आलुखेतीसँगै माहुरी, कुखुरा, माछा हाँसपालन कार्यक्रम, स्थानीय थारू आलु प्रवर्द्धन, प्याकेजिङ, ब्राण्डिङ, स्टोरेज लगायतका कार्यक्रम सञ्चालन गरिने छन् ।

खाद्यान्नबाली, तरकारी, च्याउ, मसुरो, तोरी, बालीको उन्नत बीउ वितरण, प्राङ्गारिक खेती प्रणाली अपनाइ प्राङ्गारिक गाउँ स्थापना गर्ने, व्यावसायिक किसानलाई अनुदानमा कृषियन्त्र र उपकरण सहयोग गर्ने कार्यसँगै बगर खेतीमा आधारित कार्यक्रम सञ्चालन गरिने योजना बनाइएको शाखा प्रमुख बुढाऐरले बताए ।

नगरपालिकामा कूल खेतीयोग्य जमिन पाँच हजार दुई सय ३७ दशमलव ०५ हेक्टर रहेको छ । किसानले खेती गरिरहेको जग्गाको क्षेत्रफल पाँच हजार एक सय हेक्टर रहेको छ ।

कृषि पेसामा निर्भर किसान ९० प्रतिशत रहेका छन् । कूल सिञ्चित क्षेत्रफल तीन हजार पाँच सय ४० हेक्टर रहेको छ । 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ८ : ४२ बजे

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।