दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारीसहित नेपाली क्रिकेट टोलीको घोषणा « Khabarhub

दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारीसहित नेपाली क्रिकेट टोलीको घोषणा


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सिंगापुरमा हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट शृङ्खला खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको हो । यो टोलीमा दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको थियो ।

नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल पारिवारिक कारण भन्दै टोलीमा सहभागी नभएपछि दीपेन्द्रले उपकप्तानको जिम्मेवारी पाएका हुन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट त्रिकोणात्मक शृङ्खलाका लागि १५ सदस्यीय टीमको घोषणा गरेको हो ।

टोलीको छनोट आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले गरेका हुन् ।

सेप्टम्बर २७ बाट शुरु हुने शृङ्खलामा नेपालसहित आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावे छन् ।

नेपाली टोली त्यतैबाट ओमानमा हुने ५ राष्ट्र सम्मलित टी–ट्वान्टी सिरिज खेल्नेछ । अक्टोबर ५ देखि १० सम्म हुने सिरिजमा नेपालसहित आयरल्याण्ड,ओमान, हङकङ र नेदरल्याण्ड छन् ।

नेपाली टोली

पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, कारण केसी, बिनोद भण्डारी, ललित नारायण राजबंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा, रोहितकुमार पौडेल ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १० : ४२ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज