यु–१९ पुरुष साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको बिदाइ « Khabarhub

यु–१९ पुरुष साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको बिदाइ


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यु–१९ पुरुष साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई बिदाइ गरिएको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपाली राष्ट्रिय टोलीलाई बिदाइ गरेका हुन् । सो क्रममा अध्यक्ष नेम्वाङले उच्च मनोबलका साथ अनुशासित भएर मैदान उत्रन आग्रह गरे । 

उनले आफू एन्फाको जिम्मेवारीमा रहेसम्म नेपाली फुटबल र खेलाडी लगायतका सरोकार निकायसँग इमानदार भएर काम गर्ने प्रतिबद्धता गरे। भ्रष्टाचारीहरुले लगाएका आरोपहरूलाई कहिल्यै पनि सत्य हुन नदिने प्रतिबद्धता उनले जनाए ।  

यु–१९ पुरुष साफ च्याम्पियनसिप यही वैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म भारतमा आयोजना हुनेछ । च्याम्पियनसिपमा माल्दिभ्स, भुटान र बंगलादेश समूह ’ए’ मा छन् भने नेपाल, आयोजक भारत र श्रीलंका समूह बीमा छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : २५ बजे

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक