सामान्य अंकले बढ्यो नेप्से  « Khabarhub

सामान्य अंकले बढ्यो नेप्से 


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज एक दशमलव ०३ अंकले बढेर दुई हजार ६११ दशमलव ४३ को बिन्दुमा कायम भएको हो ।

आज ३१८ कम्पनीको दुई करोड पाँच लाख ४२ हजार ७६४ कित्ता शेयर ८० हजार ५४ पटक खरिदबिक्री हुँदा आठ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८४६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा जलविद्युत् एक दशमलव ४०, जीवन बीमा शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९, निर्जीवन बीमा समूह शून्य दशमलव ५७ र व्यापार समूह दुई दशमलव ०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ 

 बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ५०, वित्त एक दशमलव २८, होटल तथा पर्यटन शून्य दशमलव ३३ र लगानी समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त शून्य दशमलव ३०, म्युचुअल फन्ड शून्य दशमलव १३ र व्यापार समूह एक दशमलव ५८ प्रतिशतले घटेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा माई हाईड्रोपावर लिमिटेडको रू ९२ करोड ८९ लाख ६२ हजार ७६६ बराबरको शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको १७ लाख ४७ हजार ५८१ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : २९ बजे

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण