एमाले धनुषाको अधिवेशनमा कुटाकुट, रघुवीर पक्षका उम्मेदवारको टाउको फुट्यो, ५ कार्यकर्ता घाइते « Khabarhub

एमाले धनुषाको अधिवेशनमा कुटाकुट, रघुवीर पक्षका उम्मेदवारको टाउको फुट्यो, ५ कार्यकर्ता घाइते


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशनस्थलमा दुई गुटका नेता-कार्यकर्ताबीच मंगलबार फेरि झडप भएको छ । झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा एमालेका भोला यादव पक्षीय सत्यनारायण महासेठ र महेश दास छन् । उनीहरू दुवै जनाको टाउको फुटेको छ ।

झडपमा निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवसमेत कुटिएका छन् । अधिवेशनमा अन्तिम नामावली प्रकाशनबारे भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच विवाद बढ्दा कुर्सी हानाहान भएको हो ।

निर्वाचन समितिका सदस्यलाई समेत केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका छन् । भोला एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षबाट र लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया, सञ्‍जीव झा (सुरज) र मधेशका सभामुख रामचन्द्र मण्डल पक्षबाट अध्यक्षका प्रत्यासी हुन् ।

 झडपपछि अधिवेशनस्थल प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले उक्त ठाउँबाट नेता कार्यकर्तालाई बाहिर निकालिएको छ । 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : ३९ बजे

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार