एमाले धनुषाको अधिवेशनमा कुटाकुट, रघुवीर पक्षका उम्मेदवारको टाउको फुट्यो, ५ कार्यकर्ता घाइते « Khabarhub

एमाले धनुषाको अधिवेशनमा कुटाकुट, रघुवीर पक्षका उम्मेदवारको टाउको फुट्यो, ५ कार्यकर्ता घाइते


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशनस्थलमा दुई गुटका नेता-कार्यकर्ताबीच मंगलबार फेरि झडप भएको छ । झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा एमालेका भोला यादव पक्षीय सत्यनारायण महासेठ र महेश दास छन् । उनीहरू दुवै जनाको टाउको फुटेको छ ।

झडपमा निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवसमेत कुटिएका छन् । अधिवेशनमा अन्तिम नामावली प्रकाशनबारे भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच विवाद बढ्दा कुर्सी हानाहान भएको हो ।

निर्वाचन समितिका सदस्यलाई समेत केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका छन् । भोला एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षबाट र लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया, सञ्‍जीव झा (सुरज) र मधेशका सभामुख रामचन्द्र मण्डल पक्षबाट अध्यक्षका प्रत्यासी हुन् ।

 झडपपछि अधिवेशनस्थल प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले उक्त ठाउँबाट नेता कार्यकर्तालाई बाहिर निकालिएको छ । 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : ३९ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम