रोनाल्डोका छोरा रोनाल्डो जुनियर पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा « Khabarhub

रोनाल्डोका छोरा रोनाल्डो जुनियर पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरलाई पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा राखिएको छ।

पोर्चुगलले भ्लात्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २२ सदस्यीय यू-१५ टोलीको घोषणा गरेको छ । क्रोएसियामा हुने उक्त प्रतियोगितामा क्रिस्टियानो रोनाल्डो जुनियर पनि अटाएका हुन् ।

यो प्रतियोगितामा पोर्चुगलले इङ्ल्याण्ड, जापान र ग्रिससँग प्रतिस्पर्धा गर्ने भएकोछ । टोलीका प्रमुख प्रशिक्षक जोआओ सान्तोसले क्रिस्टियानो जुनियरसहित टोटनह्याम हट्स्परका युवा खेलाडी डोन्ते लरेन्सलाई पनि टोलीमा राखेका छन् ।

सन् २००० मा यू-१५ डेब्यु खेलमा दक्षिण अफ्रिकाविरुद्ध गोल गरेका क्रिस्टियानो रोनाल्डोका लागि छोराले पनि खुसी दिएका छन् ।

रियल मड्रिडका सर्वाधिक गोलकर्ता रोनाल्डो ४० वर्षको उमेरमा पनि निरन्तर खेलिरहेका छन् । उनी पोर्चुगलको अन्तर्राष्ट्रिय टोलीका सदस्य छँदैछन् । अहिले उनी साउदी अरेबियास्थित अल नासार फुटबल क्लबबाट खेलिरहेका छन् ।

सन् २०१६ मा उनले पोर्चुगललाई पहिलो पटक ठूलो अन्तर्राष्ट्रिय उपाधि युरो कप जिताएका थिए । युरो २०१६ को फाइनलमा फ्रान्सलाई हराउँदै पोर्चुगलले उपाधि जितेको थियो।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ८ : ११ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने