पुनःउत्पादित प्लाष्टिकको मानकीकरण चुनौतीपूर्ण : विज्ञ « Khabarhub

पुनःउत्पादित प्लाष्टिकको मानकीकरण चुनौतीपूर्ण : विज्ञ


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘रिसाइकल’ गरिएका प्लाष्टिकका उत्पादनको मानकीकरण चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन ।

काठमाडौंमा मंगलबार क्रिएसन नेपालद्धारा आयोजित ‘रिसाइकल’ गरिएका प्लाष्टिकको मानकीकरणका लागि मुख्य सरोकारवालाहरूकोको संवादका सहभागिहरूले प्लाष्टिक व्यवस्थापन चुनौतिपूर्ण रहेको बताएका हुन् ।

यसको सामना गर्न प्लाष्टिकको ‘रिसाइकल’ (पुनःउत्पादन)का लागि मानकीकरण तय गरेर र कानूनी आधार तयार गर्न आवश्यक रहेको उनीहरूले औँल्याए ।

विभिन्न थरीको प्लाष्टिक उपयोगमा रहेकोले त्यसको व्यवस्थापन’को लागि ‘रिसाइकल’ उपयुक्त विकल्प भएको प्राध्यापक डा. रामेश्वर अधिकारीले बताए । पूर्व वातावरणमन्त्री गणेश साहले प्लाष्टिक मानिसको जीवनमा अभिन्न सरह भइसकेकोले यसलाई नकार्नुभन्दा व्यवस्थापन र महत्त्वपूर्ण हुने र पुर्नप्रयोग सहयोगी हुने बताए ।

दक्षिण एशियाका लागि पलष्टिकमुक्त नदी तथा समुद्र आयोजना तथा क्रिएशनद्वारा आयोजित कार्यक्रम स्क्याप, यूएनओपिएस र विश्व बैंकको सहयोगमा कार्यान्यवन भएको हो ।

कार्यक्रममा सहभागिहरूले डेढ महिनाभित्र मानकीकरणको खाका तयार गर्नेमा सहमत देखिएका थिए । उनीहरूले नीति निर्माता रहेको राजनीतिकर्मीहरूलाई पनि यसबारे जानकार बनाउन जरुरी रहेको औल्याए ।

नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक आलोक मिश्राले आवश्यकता अध्ययन गरी स्ट्याण्डरहरू निर्धारित गर्ने गरेको बताउदै प्लाष्टिकको ‘रिसाइकल’का लागि मानकीकरण गर्न पनि विभाग साकारात्मक रहेको बताए ।

प्लाष्टिक रिसाइकल उद्यमी पंकज परियारले प्लाष्टिक पुर्नप्रयोग आफैँमा ठूलो आर्थिक स्रोत रहे पनि सबै फोहोरमा मोहर नभएको जिकिर गरे ।

मानव समाजको भविश्यका लागि प्लाष्टिक रिसाइकलमना जानै पर्ने उनले जिकिर गरे । आयातकर्ताले भन्सार बिन्दुमा र उद्योगीले उद्योगको तर्फबाट आफूले ल्याउने वा प्रयोग गर्ने प्लाष्टिकको परिमाण स्वःघोषणा गर्नुपर्ने बताए ।

वातावरण विभागका उपमहानिर्देशक शैलेश झाले वातावरणीय अध्ययनको पालनाको अनुगमन विभागले नियमित गरिरहेको दाबी गरे । रिसाइकलको लागि सरकार, निजी क्षेत्र र जनताबीच सहकार्य आवश्यक रहेको उनले बताए ।

प्लाष्टिक व्यवस्थापनमा समुदाय र केही स्थानीय तह सरकारसँग सहकार्य गरेर काम गर्दै आएको संस्था क्रिएशनकी महासचिव सुजाता कोइरालाले प्रदुषणकर्तालाई जिम्मेवार बनाउँदै रिसाइकलमा समेत उनीहरूको योगदान सुनिश्चित जरुरी रहेकोे बताइन् ।

केमिकल इन्जिनयिर राजेन्द्र जोशीले प्लाष्टिकलाई केमिकल प्रतिक्रिया गराएर पुनःप्रयोग गर्न सकिने सुझाए । उनले कवाडी संकलनजस्ता फोहोर संग जोडिएको पेशाप्रति हेय दृष्टी अन्त गर्नका सचेतना आवश्यक रहेको बताए ।

उद्यमविज्ञ अनिल चित्रकारले प्लाष्टिकको व्यवस्थापनको लागि सरकार, निजी क्षेत्र, अनुसन्धानमा लागेका विद्यार्थी र अध्ययेता लगायतसँगको सहकार्य आवश्यक रहेको बताए ।

क्रिएशनका संस्थापक अध्यक्ष आनन्द मिश्राले समापन मन्तव्य राख्दै पुनःप्रयोग गर्न सकिने प्लाष्टिकको उपयोग गर्दै जाँदा पुनःप्रयोग गर्न नसकिने भएपछि त्यसलाई व्यवस्थित नष्ट गर्नुको विकल्प नरहेको बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : २२ बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ