पाकिस्तानमा भारतको हवाई आक्रमण | Khabarhub Khabarhub

पाकिस्तानमा भारतको हवाई आक्रमण

तीन बालबालिकासहित सात जनाको मृत्यु भएको पाकिस्तानी दाबी


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेको छ। पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमणमा भएको जनाएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण भएको दाबी गरेको छ ।

भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा आक्रमण गरेको हो ।

यो हवाई आक्रमणपछि अन्तर्राष्ट्रिय समुदायले पनि प्रतिक्रिया जनाइसकेका छन्। अमेरिकी विदेशमन्त्री मार्क रुबियोले घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन्।

आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ। अहिले धेरै भारतीय विमना सेवाहरूले भारत अधीनस्थ काश्मीरको उडान रद्द गरेका छन्। संसारका धेरै एयरलाइन्सका विमान पाकिस्तानको बाटो बाट अन्यत्र डाइभर्ट हुन थालेका छन्।

पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको प्रतिकार गर्ने चेतावनी दिएका छन्। भारतले यस घटनाको बारे दिल्लीलाई जानकारी दिइसकेको थियो। पाकिस्तानले कम्तीमा दुई भारतीय जेट तथा ड्रोन खसालेको बताएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : ०३ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३