बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा « Khabarhub

बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अत्यन्त रोमाञ्चक खेलमा बार्सिलोनालाई हराउँदै इन्टर युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। इन्टरले बार्सिलोनालाई एग्रिगेटमा ७–६ ले हराएको हो । पहिलो लेग ३–३ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो लेगमा इन्टर ४–३ ले विजयी भएको हो।

इन्जुरी समयको दोस्रो मिनेटसम्म ३–२ ले पछि परेको इन्टरले अन्त्यमा दुई गोल गरेको हो। ३७ वर्षीय रक्षक फ्रान्सेस्को अरेबीले बराबरी गोल गरेको सो खेलमा थपिएको समयको नवौँ मिनेटमा वैकल्पिक खेलाडी डेभिड ब्राटेसीले गोल गरे।

यस अघि पनि २–० ले पछि रहेको कम ब्याक गरेको बार्सिलोना १० वर्षमा पहिलो फाइनल प्रवेश गर्नका लागि दुई मिनेट मात्र बाँकी रहेको थियो। खेलको २१ औँ मिनेटमा लाउटारो मार्टिनेजले इन्टरलाई पहिलो अग्रता दिलाएका थिए भने ४५ औँ मिनेटमा कान्हाग्लुले अर्को गोल गरे।

५४ औँ मिनेटमा इरिक गार्सियाको गोलमा खेलमा फर्किएको बार्सिलोनाका लागि ६० औँ मिनेटमा डानी अल्मोले गोल गरे। ८७ औँ मिनेटमा राफिन्हाले गोल गरेका थिए।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : ४७ बजे

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले