बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा « Khabarhub

बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अत्यन्त रोमाञ्चक खेलमा बार्सिलोनालाई हराउँदै इन्टर युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। इन्टरले बार्सिलोनालाई एग्रिगेटमा ७–६ ले हराएको हो । पहिलो लेग ३–३ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो लेगमा इन्टर ४–३ ले विजयी भएको हो।

इन्जुरी समयको दोस्रो मिनेटसम्म ३–२ ले पछि परेको इन्टरले अन्त्यमा दुई गोल गरेको हो। ३७ वर्षीय रक्षक फ्रान्सेस्को अरेबीले बराबरी गोल गरेको सो खेलमा थपिएको समयको नवौँ मिनेटमा वैकल्पिक खेलाडी डेभिड ब्राटेसीले गोल गरे।

यस अघि पनि २–० ले पछि रहेको कम ब्याक गरेको बार्सिलोना १० वर्षमा पहिलो फाइनल प्रवेश गर्नका लागि दुई मिनेट मात्र बाँकी रहेको थियो। खेलको २१ औँ मिनेटमा लाउटारो मार्टिनेजले इन्टरलाई पहिलो अग्रता दिलाएका थिए भने ४५ औँ मिनेटमा कान्हाग्लुले अर्को गोल गरे।

५४ औँ मिनेटमा इरिक गार्सियाको गोलमा खेलमा फर्किएको बार्सिलोनाका लागि ६० औँ मिनेटमा डानी अल्मोले गोल गरे। ८७ औँ मिनेटमा राफिन्हाले गोल गरेका थिए।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : ४७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल