भारतका धेरै एयरपोर्टमा उडान रोकिए, पञ्जाबका विद्यालय बन्द, पाकिस्तानको ‘एयर स्पेस’ ठप्प | Khabarhub Khabarhub

पाकिस्तानमा भारतको हवाई आक्रमण

भारतका धेरै एयरपोर्टमा उडान रोकिए, पञ्जाबका विद्यालय बन्द, पाकिस्तानको ‘एयर स्पेस’ ठप्प


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधिनस्त कश्मीर (पीओके) का ९ वटा स्थानमा हवाई आक्रमण ‘एयर स्ट्राइक’ गरेको छ । यी आक्रमणहरू मंगलबार राति १ः३० बजे ‘अपरेशन सिन्दूर’ अन्तर्गत बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादसहितका स्थानमा गरिएको थियो ।

भारतले यी स्थानहरूबाट आतङ्ककारी हमलाहरूको योजना बनाउँदै आएको दाबी गरेको छ । पाकिस्तानका स्थानीय सञ्चारमाध्यमले बहावलपुरमा एयर स्ट्राइकपछि ३० जनाको मृत्यु भएको जनाए पनि यसकाे पुष्टि हुन सकेको छैन ।

समाचार एजेन्सी एएनआईका अनुसार, जैश–ए–मोहम्मदका ४, लश्कर–ए–तैयबा का ३ र हिज्बुल मुजाहिदीनका २ आतङ्ककारी केन्द्रहरूलाई निशाना बनाइएको भारतको दाबी छ ।

पाकिस्तानमा भारतको हवाई आक्रमण

पाकिस्तानमाथि भारतको आक्रमणपछि देशभरका हवाई उडानहरूमा असर परेको छ । श्रीनगरसहित ११ एयरपोर्टहरूमा उडान बन्द गरिएको छ । उडान रोकिएकामा जम्मु, श्रीनगर, लेह, चण्डीगढ, बिकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगर एयरपोर्टहरू छन् ।

भारत र पाकिस्तानबीचको तनावपूर्ण अवस्थाबीच पाकिस्तानको आकाशमा एउटा पनि जहाज उडेका छैनन् ।

यस्तै, भारतले पनि बढ्दो तनावका कारण पाकिस्तान सीमासँग जोडिएका राज्यहरूमा उडानहरू रद्द गरेको छ । जसमा जम्मु–कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, गुजरात र राजस्थान छन् ।

पाकिस्तानमा भारतको आक्रमणबारे अमेरिकाले भन्यो– ‘यो लाजमर्दो कुरा हो’

पञ्जाबमा विद्यालय बन्द
भारतस्थित पञ्जाबको पठानकोट, गुरदासपुर, फाजिल्का र फिरोजपुर जिल्लामा सुरक्षाका कारणले सबै विद्यालयहरू बन्द गरिएका छन् ।

फाजिल्का जिल्ला प्रशासनले विशेष आदेश जारी गर्दै सबै विद्यालयहरू अर्को आदेश नआएसम्म बन्द रहने जनाएको छ ।

भारतको आक्रमणपछि पाकिस्तानले के भन्यो ?

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : ०७ बजे

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी 

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी भारी मतले

नेपाली सेनाको अन्नपूर्ण पदयात्रा मार्ग सरसफाइ अभियान, २९० किलो फोहोर संकलन

पोखरा– नेपाली सेनाको कृष्णदल गणको अगुवाईमा विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गको

नाइजेरियाको सैनिक कारबाहीमा ११ जना आतंककारी मारिए

एजेनसी– नाइजेरियामा सरकारद्वारा सञ्चालित आतंकविरोधी अभियानहरू तीव्र बन्दै गएका छन्,

आजका समाचार : भारतको पक्षमा उभियो नेपाल, फेरि जुट्दै राजावादी र रोकिएन भारत-पाकिस्तान तनाव

भारत–पाकिस्तान तनाव : नेपाल भारतको पक्षमा उभियोभारत–पाकिस्तानबीच जारी तनावमा नेपालले

भारत–पाकिस्तान तनाव : भारतको पक्षमा उभियो नेपाल

काठमाडौं– भारत–पाकिस्तानबीच जारी तनावमा नेपालले भारतप्रति ऐक्यवद्धता जनाएको छ ।