स्वास्थ्य केन्द्र माग्दै शुक्लागण्डकीका मेयरको कार्यकक्षमा ताला  « Khabarhub

स्वास्थ्य केन्द्र माग्दै शुक्लागण्डकीका मेयरको कार्यकक्षमा ताला 


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पोखरा– तनहुँको शुक्लागण्डकी नगरपालिका–१०, लोकदीटारका स्थानीयवासीले आफ्नै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना हुनुपर्ने माग गर्दै मेयर कृष्णराज पण्डितको कार्यकक्षमा ताला लगाएका छन् ।

मंगलबार पहिलो चरणमा नगरपालिकाको मुख्य प्रवेशद्वारमा ताला लगाइएको थियो । बुधबार दिउँसो २ बजेपछि उक्त ताला खोल्दै आन्दोलित स्थानीयले मेयरको कार्यकक्षमा ताला लगाएका हुन् ।

स्वास्थ्य मन्त्रालयमा आधारभूत स्वास्थ्य केन्द्रका लागि लोकदीटारवासीले निवेदन दिएका थिए। सो निवेदनमा वडा कार्यालय र नगरपालिकाले समेत सिफारिस गरेका थिए । मन्त्रालयबाट बजेट प्राप्त भए पनि निर्माण स्थलबारे सहमति नजुट्दा विवाद चुलिएको हो ।

हाल आधारभूत स्वास्थ्य केन्द्र वडा नं. १० को मुकाम छब्दीमा अवस्थित भाडाको भवनमा सञ्चालन भइरहेको छ। तर स्थानीयले प्राप्त बजेटले सो भवन नबनाईकन लोकदीटारमै नयाँ भवन निर्माण गरिनुपर्ने माग गर्दै आन्दोलन चर्काएका छन् ।

स्थानीय आन्दोलनरत रहे पनि मेयर कृष्णराज पण्डित वार्ताका लागि उपस्थित भएनन् । उपमेयर खुमबहादुर विक ‘राजु’, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे र स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापा (डिबी) ले आन्दोलनकारीहरूसँग वार्ता गरे पनि कुनै निष्कर्षमा पुग्न सकेनन् ।

नगरपालिकाले एउटै वडाभित्र दुई वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्न नीतिगत प्रतिबन्ध रहेको बताउँदै, विकल्पस्वरूप लोकदीटारमा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएको थियो । तर, आन्दोलित स्थानीयहरूले सो प्रस्ताव अस्वीकार गर्दै मेयर स्वयंले जबाफदेही बन्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै