नेपाल स्टुडेन्ट्स आईटी क्लबले आयोजना गर्दै ‘ह्याक फर नेपाल’ ह्याकाथन « Khabarhub

नेपाल स्टुडेन्ट्स आईटी क्लबले आयोजना गर्दै ‘ह्याक फर नेपाल’ ह्याकाथन


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल स्टुडेन्ट्स आईटी क्लबले ‘ह्याक फर नेपाल’ ह्याकाथन आयोजना गर्दै छ ।

कार्यक्रम जेठ १५, १६ र १७ गते नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी, बालकुमारीमा सम्पन्न हुने भएको छ।

‘४८ घण्टा, १ लक्ष्य, अनगिन्ती नवप्रवर्तन’ भन्ने मूल नाराका साथ सञ्चालन हुने उक्त ह्याकाथनले नेपाली प्रविधि क्षेत्रका युवाहरुलाई नविन समाधानको सिर्जनामा संलग्न गराउने उद्देश्य राखेको छ।

कार्यक्रमको मुख्य चारवटा विषयवस्तुहरु स्वास्थ्य सेवा, कृषि, खुला नवप्रवर्तन, र ई-शासन रहेका छन्। प्रतिस्पर्धामा सहभागीहरूले यीमध्ये कुनै पनि क्षेत्रमा आधारित समस्या समाधानका लागि नवीन प्रोजेक्ट वा समाधान विकास गर्नुपर्नेछ।

यो ह्याकाथनमा उत्कृष्ट प्रोजेक्टहरुका लागि १ लाख ६० हजार रुपैयाँ बराबरको पुरस्कार राशी समेत घोषणा गरिएको छ। आयोजक टोलीका अनुसार, यस कार्यक्रमले स्थानीय स्तरमा समाधानमूलक प्रविधिहरूको विकासलाई प्रबर्द्धन गर्नुका साथै युवाहरूलाई देशमै नवप्रवर्तक गर्न प्रेरित गर्नेछ।

सपोटीङ पार्टनरको रुपमा नेविसंघ (नेपाल विद्यार्थी संघ) आवद्ध रहेको छ।

नेपाल स्टुडेन्ट्स आईटी क्लबले यस कार्यक्रमबाट आउने नवप्रवर्तनले नेपालका दीर्घकालीन सामाजिक र प्राविधिक समस्याहरूको समाधानमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा राखेको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै