प्रहरीद्वारा हुन्डीको रकमसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

प्रहरीद्वारा हुन्डीको रकमसहित दुई जना पक्राउ


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले रु ४० लाख ३२ हजार ५०० हुन्डीको रकमसहित दुई जनालाई गएराति पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा भारत कोलकाता–६ डिनाथ रोड यादवपुर घर भई हाल काठमाडौं महानगरपालिका–२३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त तथा रुपन्देही, देवदह नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका–१५ तिनथाना बस्ने ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “गएराति विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरीले कामपा–२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलामा रितपूर्वक खानतलासी गर्दा हुन्डीको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।”

पक्राउ परेकाहरुलाई उक्त रकम र बरामद गरिएका सामानसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : २९ बजे

उत्पादन र उत्पादकत्व वृद्धि गरि नेपाली वस्तु निर्यातमा लाग्न आग्रह 

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण

विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छ : वर्षमान 

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

जेरुसेलम– इरान समर्थित हुथी विद्रोहीले बेन गुरियन विमानस्थलमा गरेको आक्रमणको

अपरेशन सिन्दुरमा १ सय आतंककारी मारिए : रक्षामन्त्री सिंह

काठमाडौं– ‘अपरेशन सिन्दुर’ नामक सैन्य कारवाहीका क्रममा पाकिस्तानमा १ सयभन्दा