कनकाई कोशीको पाँचौँ बालमैत्री नगर « Khabarhub

कनकाई कोशीको पाँचौँ बालमैत्री नगर


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको कनकाई नगरपालिका कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर बनेको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बालमैत्री नगरको मापदण्ड पूरा भएसँगै कनकाई झापाको तेस्रो र कोशी प्रदेशको पाँचौँ बालमैत्री नगरका रूपमा तयार भएको बताए । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले नगरले बालमैत्री नगरका लागि आवश्यक ९६ प्रतिशत मादपण्ड पूरा गरेकाले बिहीबार बालमैत्री नगर घोषणा गर्न लागिएको जानकारी दिए ।

औसतमा ८० प्रतिशत मापदण्ड पूरा हुनुपर्ने भए पनि ९६ प्रतिशत मापदण्ड पूरा गरिएको नगरप्रमुख पोखरेलले बताए । ‘राष्ट्रिय मापदण्डअनुसार ५१ वटा सूचक पूरा गर्नुपर्ने भए पनि नगरले दुईवटा सूचक थप गरी ५३ वटा सूचक पूरा गरेको छ । गत वर्ष असार ४ गते नै सम्बन्धित निकायबाट बालमैत्री नगर घोषणाको अनुमति पाइसकेका छौँ’, उनले भने ।

बालमैत्री नगर घोषणा अभियानका क्रममा नगरपालिकाले ६ जना बाल श्रमिकलाई उद्धार गरेर एकदेखि ६ महिनासम्म राखेर आफन्तको जिम्मा लगाएको छ भने नौजना बालबालिकालाई स्थायी संरक्षण केन्द्रमा पठाइएको नगरका बालकल्याण अधिकारी उमानाथ भण्डारीले बताए ।

बालमैत्री नगरपालिका घोषणाका लागि नगरले आवश्यक संचरना तयार गर्नाका साथै कार्यविधि, ऐन, कानून निर्माण गरिसकेको छ । बालविवाह, लागूऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा बालबालिकाका लागि कार्ययोजना बनाएर काम गरिने प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताए । नगरको १२औँ स्थापना दिवसको अवसर पारेर बिहीबार बालमैत्री नगर घोषणा गरिने उनले जानकारी दिए ।

बाल सञ्जाल कनकाई नगर अध्यक्ष विजय तिवारीले बालबालिकाको क्षेत्रमा आफूहरूले नगरसँग समन्वय गरेर काम गरिरहेको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने बताए ।

नगर कार्यपालिकाबाट २०७९ साल माघ १८ गते बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने निर्णय भएको थियो । त्यसको चार वर्षपछि बालमैत्री नगर घोषणाको तयारी पूरा भएको छ । 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १० : ०५ बजे

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय