वुटवलको व्यापारिककेन्द्र शङ्करप्लाजामा आगलागी « Khabarhub

वुटवलको व्यापारिककेन्द्र शङ्करप्लाजामा आगलागी


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुटवलको व्यापारिक केन्द्र शङ्करप्लाजामा आगलागीहुँदा करिब १ करोड बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लका अनुसार आगलागीबाट फेन्सी पसलको करीब एक करोड बराबरको सामान जलेर नष्ट भएको हो । प्रहरीका अनुसार राति करीव १० बजेदेखि लागेको आगो मध्यराति १२ बजे मात्र नियन्त्रणमा आएको थियो ।

बुटवल उपमहानगरपालिका, रामग्राम नगरपालिका, सिद्धार्थनगर नगरपालिकालगायतका दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दासमेतको प्रयासबाट आगलागी नियन्त्रणमा ल्याइएको हो ।

शङ्करप्लाजामा सञ्चालित बिन्दवासिनी फेन्सीबाट सल्किएको आगो त्यही भवनमा रहेका अन्य पसलमा समेत सरेको थियो । आगलागीबाट बिन्दवासिनी फेन्सीमा पूर्ण क्षति भएको छ भने अन्य केही पसलमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त फेन्सीका सञ्चालकले राति पसल बन्द गरेको केही समयपछि सोही पसलबाट नै आगलागी शुरु भएको प्रहरीको अनुमान छ । पसलमा रहेको विद्युत् लाइन सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निश्कर्ष छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ८ : २४ बजे

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

तेहरान– इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन